सद्भाव ग्रुपद्वारा नेपालगञ्जमा अत्याधुनिक बिजुली घर सञ्चालनमा

सदरलाइन संवाददाता ८ असार २०७९, बुधबार १९:५८
 

नेपालगञ्ज :  नेपालगञ्जको कारकाँदोमा अत्याधुनिक सुविधासहितको बिजुली घर सञ्चालनमा आएकोछ । नेपालगञ्ज–१८ कारकाँदो चोकमा अत्याधुनिक ब्यवस्थापनसहित ठूलो लगानीमा बिजुली घर सञ्चालनमा आएको हो ।

सुस्मिता गिरीले सञ्चालन गरेको बिजुली घरको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले बुधबार एक कार्यक्रमकाबीच विधिवत उद्घाटन गरेका हुन । नर्सिङमा अष्ट्रेलियाबाट मास्टर्स (स्नातकोत्तर) गरि स्वदेश फर्केकी गिरी ब्यापार ब्यवसायमा होमिएकी छिन् । भने उनलाई उनका श्रीमान दामोदर भण्डारीले साथ दिएका छन् ।

बिजुली घरको औपचारिक उद्घाटन गर्दै नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष मन्सुरीले उद्योग, व्यवसाय प्रर्बद्धनको कार्यमा बिजुली घर सञ्चालनसंगै थप टेवा पुग्ने धारणा राखे । ‘हामी समग्र नेपालगञ्जको उद्योग ब्यवसायको प्रर्बद्धनमा जुटेका छौं । नेपालगञ्जको उद्योग ब्यवसायको भीडमा फरक पहिचान र सेवा प्रदान गर्न खुलेको बिजुली घरले उपभोक्तालाई बिजुलीको सामान खरिद गर्न पसलपिच्छे भौतारिनु पर्ने झन्झट मुक्त गर्नेछ ।’

बिजुली घरबाट बिजुलीका अत्याधुनिक सामाग्रीको विक्री वितरण गरिनुका साथै अर्डर अनुसार होम डेलिभरीको व्यवस्था समेत गरिएको छ । बिजुली घरमा विश्वप्रख्यात मल्टिनेशनल लेग्रेण्ड र ओपलका विभिन्न उत्पादनहरु बिक्री गरिने बिजुली घरका सञ्चालक गिरीले जानकारी दिइन् ।


करोडको लागतमा सञ्चालनमा आएको बिजुलीघरमा उपभोक्ताको माग अनुरुप गुणस्तरीय विश्वप्रख्यात लेग्रेण्ड कम्पीनीका मुडलर स्विचहरु, ओपल ब्राण्डका लाइटहरुका साथै विभिन्न मोडलका झुमर, वाल लाईट, आउट डोर लाइट तथा सिधै मोबाईल चार्ज गर्न मिल्ने स्विचहरु पाइने सञ्चालक गिरीले जानकारी दिइन् ।

बिजुली घरबाट प्यानल लाईट, सर्फेस लाईट, वाटरप्रुफ फ्लड लाईट, ट्यांकीमा पानी भरिएपछि जनाउ दिने साइरन तथा विद्युत तारसहित विद्युतीय हरेक सामाग्री उपलब्ध गराइने बिजुली घरका सञ्चालक सुस्मिताका श्रीमान नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्षसमेत रहेका दामोदर भण्डारीले बताए ।

बिजुली घरको औपचारिक उद्घाटनका क्रममा बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, उद्योगी, ब्यापारि, पत्रकारका पेशागत संघसंगठनका प्रमुख, चिकित्सक, समाजसेवी लगायतको सहभागिता रहेको थियो । सद्भाव ग्रुप प्रालिद्वारा बिजुली घरसहित सद्भाव राष्ट्रिय दैनिक, सेतोखरी अनलाईन, सद्भाव प्रिटिङ्ग प्रेस, सद्भाव कलर हाउस(बर्जर पेन्टसको डिलर) र सद्भाव एग्रो फार्म एण्ड रिर्सच सेन्टर सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्मीले आहत भएकालाई रंगशालाको ‘पौडी पोखरी’ ले दियो राहत

८ असार २०७९, बुधबार १९:५८
नेपालगञ्ज : गर्मीले आहत भएका सर्वसाधारणलाई नेपालगञ्ज रंगशालामा निर्माण भएको पौडी पोखरी (स्विमिङ पुल) ले केहि राहत दिएको छ । गर्मीले हैरान भएका नेपालगञ्ज उपमहानगरपालिका १, धम्बोझीका उमेश सापकोटा दैनिक दुई घण्टा पौडी पोखरीमा रमाउँछन् । पौडीपोखरीमा खेल्दा आनन्द आउने गरेको उनले बताए । ‘पौडीपोखरीमा पौडी खेल्दा शितल महशुस हुन्छ […]

सम्बन्धित