जिसीको सातौ साहित्यिक कृति ‘मृत्युफूल’ बजारमा

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार ११:४२
 

नेपालगञ्ज :  प्रगतिबादी साहित्यकार गणेशबहादुर जिसीको सातौ साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह ‘मृत्युुफूल’ शनिबारदेखि बजारमा आएको छ । जिसीको कथा संग्रह मृत्युुफूलको शनिबार एक समारोहकाबीच नेपालगञ्जमा बिमोचन गरिएको हो ।

साहित्यकार सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, प्राज्ञसभा सदस्य महानन्द ढकाल, अवधि साहित्यकार बिष्णुलाल कुम्हाल, बरिष्ठ लेखक नरेन्द्रजंग पिटरले संयुक्तरुपमा कथा संग्रहको बिमोचन गर्दै पुस्तकको बारेमा चर्चा समेत गरेका थिए ।

भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज बाँकेको भाषा तथा समालोचना बिभागको आयोजनामा जिसीद्वारा लिखित कथा सङ्ग्रह मृत्युुफूल बिमोचन गरिएको हो ।

पुस्तक माथी समिक्षा गर्दै समालोचक गिता अर्याल र चरित्रा शाहले कथा सङ्ग्रहमा सामाजिक यथार्थता झल्किएको बताए । समालोचक अर्यालले साहित्यकार जिसीको जन्म २००५ दैलेखमा भएको र फौजी जीवनबाट साहित्य कृर्तिको समेत चर्चा गरेकी थिईन ।


समाज रुपान्त्रणका बिषयका माक्र्सवादी प्रगतिशिलविचारको छनक आउने कथामा कथाले समाज परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको चित्रण गर्दै उनीहरुले सामाजिक बिकृति र बिसङ्गतीहरुका बिरुद्ध पुस्तक सशक्त भएर उभिएको चर्चा गरे ।

भागवात गिता कातिन गुण शत्व, रज र तम गुणको बेजोड समीश्रण रहेको कथामा प्रेमालापका प्रसंगहरु आलाङ्कारिक रुपमाजोडिए पनि राष्ट्रलाई समाजवादी विचारमा उभ्याउन पुस्तकले प्रतिकात्मक पक्षपोषण गरेको समिक्षकहरुले टिप्पणी गरे ।

समाजमा बिद्येमान कुरिती, साम्य हुन नसकेको द्वन्द्व, असमानता र महिलामाथिको शोषणदेखि घरघरमा रहेका पारिवारिक कलह र त्यसका कारणहरुलाई पुस्तकले सचित्र पस्कन सफल रहेको समिक्षकहरुको भनाई थियो ।

२४ वटा कथा समेटिएको कथा सङ्ग्रहमा हरेक कथाहरुले समाजको एउटा द्वन्द्वको वर्णन गरेको छ । कोर मधेशमा रहेको सामाजिक बिसङ्गतीदेखि पहाडमा रहेको सामन्तबादका अवशेषहरुलाई कथाको माध्यमबाट उजागर गर्न कथाकार जिसी सफल भएको कार्यक्रममा सहभागी टिप्पणीकारहरुको भनाई रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गीतकार अगम विकरालको ‘यादको मूच्र्छना’ विमोचन

२१ माघ २०८०, आईतवार ११:४२
  काठमाडौं  :  गीतकार अगम विकरालको कृति ‘यादको मूच्र्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव […]