पीएम कपमा प्रदेश ३ सेमिफाइनलमा प्रवेश

२० जेष्ठ २०७६, सोमबार १७:३६
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा भएको खेलमा सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै प्रदेश ३ ले अन्तिम चारको यात्रा पक्का गरेको हो ।
प्रदेश ३ ले चार खेलबाट ६ अंक बनाएको छ । रनरेटमा अघि रहँदै प्रदेश ३ समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रनको योगदान दिए भने अदिल खानले अविजित ३३ रन बनाए । उनीसँगै कप्तान पारस खड्काले २६ रन जोडे । ओपनर रित गौतमले ११ र रविन जोशीले १३ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । उसका लागि खडक बोहराले सर्वा्धिक ४० रन बनाए भने रोशन अधिकारीले २७ र नरेश बोहराले २६ रन जोडे ।
सुदूरपश्चिमको ब्याटिङलाई सस्तैमा समेट्नका लागि सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र जितेन्द्र सिंह ठकुरीले समान दुईरदुई विकेट लिए । त्यस्तै नन्दन यादव र पारस खड्काले पनि समान एकरएक विकेट हात पारे ।

Next Post

आफुलाई फसाइएको प्रबन्धक पाठकको दावी

२० जेष्ठ २०७६, सोमबार १७:३६
सदरलाइनडटकम, नेपालगञ्ज : सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगञ्जमा २६ करोड बढी अपचलनको आरोप लागेका मध्ये संस्थाका प्रबन्धक अरुणकुमार पाठकले आफुलाई फसाइएको दावी गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै उनले आफुले सहकारीको रकम हिनामिना नगरेको दावी गरे । सहकारीको हरहिसाब गर्न सञ्चालकहरुलाई पटकपटक जानकारी […]