नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट अबैध तरिकाले भित्र्याईएको खसी र विद्युतिय सामाग्री नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार पठाएको जनाएको छ ।
बाँके प्रहरीले भदौ २ गते राती ११ बजे ईप्रका धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके खजुरा–८ चमकदारपुरबाट बाँके कोहलपुर–१४ का वर्ष २० को दिपक रानाले चलाएको भे १ क १२४३ को मिनि ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ४४ वटा खसी र ट्रक सहितको अन्दाजी मुल्य ९ लाख ४० हजार रुपैया बराबरको सामान बरामद गरी मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज पठाएको जनाएको छ ।
यसैगरी प्रहर्रीले अबैध विद्युतिय सामान बरामद गरेको जनाएको छ । राती १० बजे जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज–१६ मा भारत रुपैडिया बस्ने वर्ष २४ को समसुदिन शेषले भन्सार छली चोरी पैठारी गरी ल्याएको विद्युतिय सामान अन्दाजि मुल्य ५९ हजार रुपैया बराबरको सामान बरामद गरी मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाएको जनाएको छ ।