सोनपुर घटनाका घाइतेको उपचारको क्रममा मृत्यु

५ चैत्र २०७३, शनिबार १८:३२
 

सदरलाइनडटकम 
५ चैत, नेपालगन्ज  : गत चैत १ गते मधेशी मोर्चाले आव्हान गरेको बन्द्रको क्रममा बाँकेको सोनपुर गोदहनामा भएको झडपका घाइते ७२ वर्षिय जमिल भाटको उपचारको क्रममा शनिबार बिहान नेपालगन्जमा निधन भएको छ ।
घटनामा घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको थियो । अस्पताल स्रोतका अनुसार उनीे ‘क्रोनिक अस्थमा’ दम तथा स्वासप्रस्वासको विरामी रहेको र सोही कारण मृत्यु भएको जनाएको छ ।
सो घटनामा प्रहरीले दमन गरेको कारण घर मै बसेका मृतक भाट घाइते भएको संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य ईस्तीयाक राईले जानकारी दिए । उनले मोर्चाको आन्दोलनको क्रममा गोदहानामा प्रहरीले बल प्रयोग गरेकोले नै भाटसहित १० वर्षे बालकसम्म घाइते हुन पुगेको दाबी गरे । भाट मोर्चाको आन्दोलनको क्रममा घाइते भएर मृत्यु भएकोले उनको मृत्युको कारण प्रहरी प्रशासन र राज्यले लिनुपर्ने नेता राईको भनाई छ ।
उनले भने–‘सोनपुर गोदहनामा प्रहरीले अति नै ज्यादती ग¥यो मृतक भाट चैत १ गते घटनामा परी घाइते भएर उपचारको लागि अस्पताल ल्याईएको थियो । प्रहरीलाई नै बचाउने व्यक्तिलाई समेत निर्घात कुटिएको छ ।’ नेता राईले घटनाको मोर्चाले गम्भीरतापूर्वक लिएको बताउदै सो बारेमा चाँडैनै मोर्चाको अधिकारीक धारणा सार्वजनिक गरिने जानकारी दिए । मृतक भाटको शव आफन्तले बुझेर लगेको र उनको पोष्टमार्टम नगरिएको थर्ड एलाईन्स नेपालगन्जका आलम खानले बताए ।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले चैत्र १ गतेको घटनामा घाइते भएका भाटको उपचारको क्रममा मृत्यु भएको जानकारी पाएको बताए । उनले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकले मृत्युको कारण क्रोनिक अस्थमा संगै स्वासप्रस्वास संबन्धित रोगको कारण भएको जनाएको जानकारीमा आएको बताए ।
उनले घाइते भनिएका भाटलाई चैत्र १ गते स्वास्प्रस्वासमा समस्या भएर उपचारमा नेपालगन्ज ल्याएको केहीबेर उपचारपछि घर गएपनि पुनः समस्या देखिए पनि अस्पताल आएको बुभिएको तर, उनको शरीरमा कुनैपनि चोटपटक नभएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘संविधान मान्दिन भन्ने तर, संदमा हराउन र जिताउन जानेका कारण मुलुक अस्थिरतातिर उन्मुख’

५ चैत्र २०७३, शनिबार १८:३२
सदरलाइनडटकम    ५ चैत, नेपालगन्ज : नेकपा एमालेका महासचिव ईस्वर पोख्रेलले संविधान मान्दिन भन्ने तर, संविधान अनुरुपनै संसदमा हराउन र जिताउन जानेहरुले मुलुकलाई अस्तिरता तिर धकलेको बताएका छन् । शनिबार बिहान नेपालगन्जमा प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन । ‘संसदमा हराउन जिताउन […]