बाँकेमा आगलागिका घटना बढ्दो

बालापुरमा आगलागी हुँदा १५ चौपायको जलेर मृत्यु

सदरलाइन संवाददाता १९ बैशाख २०८१, बुधबार १६:००
 

नेपालगञ्ज : बाँकेमा एकैपटक ४ ठाँउमा आगलागिका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुासार आगलागिमा मानविय क्षति नभएपनि पशुचौपाय, अन्नपात र धनमाल जलेर नष्ट भएका छन ।

राप्तीसोनारी–८ बालापुरमा बुधबार दिउसो ३ घरमा आगागी हुँदा १५ वटा चौपाय सहित अन्नपात, धनमाल जलेर नष्ट भएको छ । स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरिको खरको छानो भएको घरगोठमा आगलागी हुँदा २ भैसी, ६ बाख्रा र ७ भेडा जलेर मरेका छन ।


आगलागिको जानकारी प्राप्त हुन साथ फायर फाईटिङ्ग उपकरण दमकलसहित सशस्त्र प्रहरी वल ४२ नंं. रिजर्व गण शम्शेरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरिक्षक देवबहादुर बोहराको कमाण्डमा गएको टोली, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगोे नियन्त्रणमा लिएको थियो ।

हिजो मात्र सशस्त्र प्रहरीले अगैयामा विपदको उद्दारबारे कृतिम घटना अभ्यास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारिका समूह पत्रकारिता पुरस्कार श्रेष्ठ र मल्ललाई

१९ बैशाख २०८१, बुधबार १६:००
नेपालगञ्ज  :  सञ्चारिका समूह बाँकेले दुई जना महिला पत्रकारलाई सञ्चारिका पत्रकारिता पुरस्कार २०८० द्वारा सम्मान गरेको छ । सञ्चारिका समूह नेपाल बाँके शाखाको सिफारिसमा नेपालगञ्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद राशीसहित २०८० को वर्ष पुरस्कारद्वारा पत्रकारद्वय डा. मुना श्रेष्ठ र रेजिना मल्ललाई बुधबार सम्मान गरिएको हो । वि.स ०४९ सालदेखि पत्रकारितामा […]