सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि नेपालगञ्जस्थित धम्बोझी क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
क्लबका अध्यक्ष एवं युवा ब्यवसायी देवेन्द्र खड्का र सल्लाहकार प्रमोद रिजालले बिहीवार प्रतिमाका बुवा मदनलाई निवासमै पुगेर क्लबका तर्फबाट सहयोगस्वरुप २५ हजार नगद हस्तान्तरण गरे ।
त्रिभुवन बिश्व विद्यालयबाट पूर्ण छात्रबृत्तिमा नाम निकाले पनि १५ लाख रुपैयाँ खर्च लाग्ने भएको र प्रतिमाको कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । हालसम्म करीब ६ लाख रुपैयाँ खर्च भईसकेको छ ।
रकम हस्तान्तरणमा प्रतिमा शर्मा सहयोग समितिका सदस्यसमेत रहेका नेकपा नेता रत्न खत्री, किरण ढकाल, सहयोग समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार, सन्तोष श्रेष्ठलगायत उपस्थिती थियो ।
Next Post
नेपालगञ्जमा आगलागी हुँदा करोडौंको नोक्सान
२० मंसिर २०७५, बिहीबार १६:५१
सम्बन्धित
-
१४ आश्विन २०७३, शुक्रबार १२:५९
अञ्चल प्रहरी कार्यालयको पर्व विशेष कार्ययोजना, ‘जुवाडेलाई उन्मुक्ति छैन्’
-
१५ माघ २०७५, मंगलवार १८:३१
श्रीमती बलात्कार गरेको आरोपमा एक पक्राउ
-
३ चैत्र २०७६, सोमबार १४:४१
कोरोनाको संकटमा सम्बन्ध विच्छेद बढ्यो, यस्तो रैछ कारण
-
२९ मंसिर २०८०, शुक्रबार १७:३४
राप्तीसोनारीमा अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य सेवा
-
३२ श्रावण २०८०, बिहीबार १४:३५
बर्दियामा बुहारीलाई कुटपिट गर्ने पक्राउ
-
१८ फाल्गुन २०७९, बिहीबार १३:१९
नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या