दशैको लागि अग्रिम टिकट बुकिङ खुला

५ आश्विन २०७६, आईतवार १०:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ   : दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज आईबारदेखि अग्रिम टिकट खुला गरिएको छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलको निर्णय अनुसार यातायात ब्यवसायीहरुले आजदेखि दशैंका लागि टिकट बुकिङ सुरु गरेका हुन्।
आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । आज पहिला दिन विहान १० बजेदेखि बुकिङ शुरु हुने छ भने सोमबारदेखि बिहानैबाट अग्रिम टिकट लिन सकिने ब्यवसायीहरुले बताएका छन्।
काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ।
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने यात्रुहरूकाो बसपार्कमा भीड लागेको छ। नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।
नेपालगन्जको लागि पनि काठमाण्डौ बसपार्कदेखि नै अग्रिम टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था मिलाईएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जानकारी दिए । दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् । फोटो  : फेरनेपालबाट

Next Post

दाङको होटलमा एक व्यक्ति मृत भेटिए

५ आश्विन २०७६, आईतवार १०:२७
सदरलाइनडटकम, दाङ : दाङको एक होटलमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी टोलमा रहेको निशा एण्ड निशान्त तन्दुरी होटलम शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिवार साँझ बास बस्न आएका व्यक्ति आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् […]

सम्बन्धित