२१ दिनपछि कर्णाली प्रदेश मन्त्रिपरिषद विस्तार

सदरलाइन संवाददाता १८ बैशाख २०८१, मंगलवार १९:१३
 

सुर्खेत :  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच राज्यमन्त्रीसहित सात जना सरकारमा पठाउन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

मुख्यमन्त्री कँडेलको सिफारिसमा चार जनालाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ गराए । पद तथा गोपनियताको सपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र सामाजिक विकास मन्त्रीमा वीरबहाुदर शाही रहेका छन् ।


एक जना भौतिक पूर्वाधार तथा शहरी राज्यमन्त्रीमा गमता विकलाई मुख्यमन्त्री कँडेलले पद तथा गोपनियताको सपथ गराएका हुन । यसअघि नै पद तथा गोपनियताको शपथ लिईसकेका विना विभागीय मन्त्री रणसिंह परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, विनोदकुमार शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कर्णाली सरकारले तीन साता लामो छलफल तथा सहमतिपछि पूर्णता पाएको हो । गत २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता कँडेलले २१ औ दिनमा आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन । आठ मन्त्रालय रहेको कर्णालीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय भने मुख्यमन्त्री कँडेलले आफै राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी महानिरिक्षक कुँवर स्वेदश फिर्ता

१८ बैशाख २०८१, मंगलवार १९:१३
काठमाडौं :  प्रहरी महानिरीक्षक (आईजीपि) वसन्तबहादुर कुँवर इन्टरपोलको कार्यक्रममा सहभागि भएर बुधबार स्वदेश फिर्ता भएका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा ११ वैशाखदेखि १३ सम्म सञ्चालन भएको ‘१९औं हेड अफ एनसीबी कन्फरेन्स’ मा सहभागी भएका आईजिपी कुँवर स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा […]