विद्यालयमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण हस्तान्तरण

सदरलाइन संवाददाता ४ पुष २०८०, बुधबार १८:२२
 

बर्दिया :  प्लान इन्टरनेशनल नेपाल, बि–ग्रुप र गेरुवा गाउपालिकाको साझेदारीमा बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत सरस्वती आधारभूत विद्यालय गेरुवा–३ बनकट्टीमा निर्माण भएको लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तन्त्रण गरिएको छ ।

विद्यालयमा शौचालयको अभावमा पठनपाठनमा समेत बाधा आएको अवस्थामा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि विद्यालयमा पठन–पाठन क्रियाकलाप सहज हुने अपेक्षा गरिएको छ ।

विद्यालयको परिसरमा बुधबार निर्माण सम्पन्न भएको शौचालय संस्थाले विद्यालयलाई हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले शैक्षिक क्षेत्रको सुधारमा पालिका सदैव दृढ भएर लागेको बताउँदै शौचालय निर्माणमा प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुपको सहयोग महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले शिक्षालाई गुणस्तरीय बनाउन विभिन्न कुराहरुको आवश्यकता पर्ने भएकोले पूर्वाधारको पनि महत्वपूर्ण पाटो भएको बताए । उनले किशोरीहरु महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थान हुन नसक्दा कक्षा छोड्ने अवस्था सृजना हुन सक्ने बताउँदै शौचालय निर्माणले यसलाई मद्दत पुग्ने विश्वास व्यक्त गरे । बालबालिकाहरु नियमित कक्षामा सहभागि गराउन सके बाल विवाहका घटनाहरु समेत कम हुने भएकोले यसलाई प्राथमिकता दिइएको बताए ।


प्लान इन्टरनेशनल नेपाल बाल विवाह न्यूनिकरण परियोजनाका कार्यक्रम अधिकृत बिमल गैरेले हेर्दा सानो देखिएता पनि शौचालय निर्माण हुनुले शिक्षण सिकाई क्रियाकलापमा ठूलो महत्व राख्ने बताए । बालबालिकाहरु निरन्तर शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराउन सके बालविवाह रोकथाममा टेवा पुग्ने उनको तर्क थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले राखेको कार्यक्रममा विशिष्ठ अतिथी गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी रहेकी थिईन । कार्यक्रमको संचालन विद्यालयका शिक्षक हिमाल खनाललृ गरेका थिए ।

शौचालय १४ लाख ५५ हजार ९ सय ६ रुपैैँया ३७ पैसा लागतमा निर्माण गरिएको हो । शौचालय निर्माणसँगै पठन–पाठन क्रियाकलापमा सहज वातावरण सृजना हुने विद्यालयको अपेक्षा राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जस्थित एनसेल अफिसमा कालोझण्डा

४ पुष २०८०, बुधबार १८:२२
नेपालगञ्ज : मोहन वैद्य समूहको क्रान्तिकारी युवा संगठन नेपालले नेपालगन्जस्थित एनसेल अफिसमा कालो झण्डा गाडेको छ । एनसेललाई राष्ट्रियकरण गर भन्दै नेपालगन्ज एनसेल अफिसमा संगठनको एक समूहमा गएको टोलीले कालो झण्डा गाडेको छ । आज बिहान क्रान्तिकारी युवा संगठन नेपालले एनसेलको कर छलीबारे नागरिक स्तरीय आयोग गठन गर्नुपर्ने भन्दै कालो […]