काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपि) वसन्तबहादुर कुँवर इन्टरपोलको कार्यक्रममा सहभागि भएर बुधबार स्वदेश फिर्ता भएका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा ११ वैशाखदेखि १३ सम्म सञ्चालन भएको ‘१९औं हेड अफ एनसीबी कन्फरेन्स’ मा सहभागी भएका आईजिपी कुँवर स्वदेश फिर्ता भएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।
कन्फरेन्समा मुख्यगरी अन्तराष्ट्रिय संगठित अपराधका बारेमा छलफल भएको थियो । अन्तराष्ट्रियस्तमा हुने अपराध नियन्त्रणमा इन्टरपोलका १९६ वटै सदस्य राष्ट्रहरुका एनसीबी प्रमुखहरू र इन्टरपोल महासचिव तथा पदाधिकारीबीच छलफल भएको थियो ।
एनसीबी नेपालका प्रमुख रहेका कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको अभिवृद्धी एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत भएको बताईएको छ ।