सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

सदरलाइन संवाददाता २ जेष्ठ २०७९, सोमबार १४:४८
 

सल्यान  :  सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।


घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ ।

मृतकको पहिचान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मतगणनाको वडागत मतपरिणाम

२ जेष्ठ २०७९, सोमबार १४:४८
नेपालगञ्ज : बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ८१ वटा वडामध्ये २४ वटा वडाको परिणाम सार्वजनिक हुँदा सबैभन्दा बढी वडा एमालेले जितेको छ । एमालेले अहिलेसम्म ८ वटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले ६/६ वटा […]