२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेको टिटिहिरिया गाविस जिल्लाको पहिलो बालमैत्री गाविसको रुपमा घोषणा (फोटो फीचरसहित)




सदरलाइनडटकम   

२९ माघ, नेपालगन्ज : बाँकेको टिटिहिरिया गाविसलाई बालमैत्री गाविसको रुपमा घोषणा गरिएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले शनिबार गाविसमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सो गाविस मुलुकको सातौं मध्यपश्चिमको दोस्रो र बाँकेको पहिलो बालमैत्री गाउ विकास समिति भएको घोषणा गरे ।
थारु बाहुल्यता भएको गाविसलाई बालमैत्री बनाउन निक्कै चुनौती रहेको सो गाविसमा आयोजित कार्यक्रमका प्रमुख अतिथी एवं स्थानीय विकास मन्त्री पाण्डेले बालमैत्री गाविस घोषणा गर्दै सरसफाईलाई बढी ध्यान दिनुपर्ने सुझाव सहित यो घोषणालाई निरन्तरता दिनका लागि सबैले प्रतिबद्धता जनाउनु पर्ने भन्दै उनले सरोकारवाला र स्थानीयवासीलाई धन्यबाद दिए ।
गाविस सचिव तप्तराज आचार्यको अध्यक्षतामा भएको घोषणासभामा स्थानीय विकास मन्त्रालयले ताम्रपत्रसहित गाविसलाई कदरपत्र प्रदान गरेको थियो भने जिल्ला विकास समिति बाँकेले सम्मानपत्रसहित दुईलाख नगद पुरस्कार दिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले हस्तान्त्रण गरेका थिए ।
बाल सहभागिता, बाल विकास, बाल बचाउँ, बाल संरक्षण लगायतका ३९ वटा र एउटा स्थानीय सूचक पूरा भएपछि जिल्ला विकास समिति बाँकेसंग समन्वय गर्दै गाविसलाई बालमैत्री घोषणा गरिएको हो ।
कार्यक्रममा नागरिक समाज, राजनीतिकदलका तर्पmबाट सचिव आचार्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । १० हजार ९ सय ६० जनसंख्या रहेको टिटिहिरियामा १८ वर्षमुनिका ३ हजार ९ सय ५२ जना बालबालिका रहेका छन् ।
घोषणासभामा सभाषदहरु दलबहादुर सुनार, आशा विक, अन्जना चौधरी, पूर्वसभाषद मोहम्मदी सिद्धिकी, मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरी प्याकुरेल, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, बाँकेस्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधी, गाविस सचिव हकहित संरक्षण केन्द्र बाँकेका अध्यक्ष उत्तम सिँह सोडीलगायतको उपस्थिती रहेको थियो ।   

प्रकाशित मिति : २०७३ माघ २९ गते शनिबार
ताजा समाचार