स्थानीय विकास मन्त्री नै झाडु बोकेर हिडेपछि…

२९ माघ २०७३, शनिबार १४:१२
 

रुद्र सुवेदी / सदरलाइन  
२९ माघ, नेपालगन्ज : नेपाल सरकारका संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय निकायले जनताको मन जितेर जनचाहाना अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले शनिबार नेपालगन्जमा नेपालगन्ज उप–महानगरपालिकाले स१चलनमा ल्याएको सामुदायिक सरसफाई कार्यक्रमको उद्दघाटन गर्दै बताएका हुन ।
उनले नेपालगन्ज उप–महानगरपालिकाको सरसफाई नेपालगन्ज कै नागरिकको दायित्व भएकोले आफ्नो नगरको विकासदेखि सरसफाईमा नागरिक चासो बढेर आउन सके विकास र सरसफाई दुबै हुने बताए । उनले भने–‘फोहर व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको मात्र नभएर स्थानीयबासीको समेत भएकोले आफुले गरेको फोहरको व्यवस्थापन आफै गर्न आवश्यक छ ।’
नेपालगन्ज उप–महानगरपालिकाले हरेक शनिबार विहान दुईघण्टा सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । मन्त्री पाण्डे सोही कार्यक्रमको १६ औं सृंखलामा प्रमुख अतिथिको रुपमा सहभागि भएका थिए । उनले सो अवसरमा उपस्थित सबै कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालय परिसरको सरसफाईमा ध्यान दिन निर्देशा समेत दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कन्सल्टेण्ट प्लास्टिक सर्जन डा. बिनोद कर्णको समूहले सुरुगरको सो सामूदायिक सरसफाई अभियानमा ८ हप्ता पछि नेपालगन्ज उपमहानगरपालिका जोडिएको थियो । उप–महानगरपालिकाको १६ औं अभियान भए पनि नागरिक स्तरबाट डा. कर्णले सुरु गरेको अभियानलाई समेत जोड्दा २४ औ अभियान भएको कार्याकारी प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए ।
हातमा झाडु लिएर मन्त्री पाण्डेले पुष्पलालचोक परिसरमा निक्कै मेहनतका साथ सरसफाई कार्यक्रमको सुरुवात गरे । मन्त्री पाण्डेले पुष्पलालको सालिकको परिक्रमा नै गर्दै सफाई समेत गरे । अघि–अघि मन्त्री पाण्डेले झाडूले बढार्दै हिड्ने पछिपछि विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा कार्यक्रममा उपस्थित सहभागि फूर्तीका साथ कुचो समातेर हिडेका देखिन्थे भने स्थानीय निकाय कै कर्मचारी भने कानेखुसिमै व्यस्थ थिए ।
उनी संगै मन्त्रालयका सह–सचिव रेश्मीराज पाण्डे, बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेल, नेपालगन्ज उप–महानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य आईपी खरेल सम्मका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा सरफाई कार्यक्रम सञ्चालन भएको थियोे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको टिटिहिरिया गाविस जिल्लाको पहिलो बालमैत्री गाविसको रुपमा घोषणा (फोटो फीचरसहित)

२९ माघ २०७३, शनिबार १४:१२
सदरलाइनडटकम    २९ माघ, नेपालगन्ज : बाँकेको टिटिहिरिया गाविसलाई बालमैत्री गाविसको रुपमा घोषणा गरिएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले शनिबार गाविसमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सो गाविस मुलुकको सातौं मध्यपश्चिमको दोस्रो र बाँकेको पहिलो बालमैत्री गाउ विकास समिति भएको घोषणा गरे । थारु बाहुल्यता भएको […]