माग पुरा भए राजपा सरकारमा सहभागी हुने महतोको भनाई

२ आश्विन २०७५, मंगलवार १६:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साधु सन्त बन्नका लागि पार्टी गठन नभएको बताएका छन् । नेपालगञ्जमा मंगलवार आयोजित पत्रकार भेटघाटमा उनले सरकारमा सहभागी हुँदैन भन्ने कसम नखाएको बताए ।
महतोले आफुहरुका माग पुरा भएको भोली पल्टनै सरकारमा सहभागी हुने बताए । संविधान संशोधन लगायतका आफुहरुका माग पुरा नभएकाले सरकारलाई दिएको समर्थनका विषयमा अब धेरै समय पर्खन नसकिने उनको भनाई छ ।
संविधान दिवसमा सम्पूर्ण नेपालीले उत्सव मनाउने वातावरण हुनुपर्ने बताउँदै महतोले सवै नेपाली सहभागी भएर दिवसलाई उत्सवको रुपमा मनाउनका लागि संविधान संशोधन अनिवार्य भएको जिकिर गरे ।
संविधान अपुरो र अधुरो भएका कारण राजपाले विरोधको रुपमा मनाउन लागेको भन्दै उनले संविधानमार्फत प्राप्त उपलब्धीको रक्षा गर्दै संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन, निर्वाचित सांसद रेशम चौधरीको शपथग्रहण र मुद्दा फिर्तालगायतका मागहरु पुरा गर्न माग गर्दै महतोले अहिलेको अवस्थामा संविधानलाई उत्सवको रुपमा मनाउन नसकिने दाबी गरे ।

Next Post

निर्मलाको यौनांगभित्र एक जनाको मात्रै शुक्रकीट

२ आश्विन २०७५, मंगलवार १६:५९
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तका बलात्काकरपछि हत्या गरिएको घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ । घटनाको अधिकांश प्रमाण नष्ट गरिएकोले अपराधी पत्ता लगाउन प्रहरीलाई चुनौती थपिएको छ । घटनासँग सम्बन्धित प्रमाण समयका साथै अन्य कारणले नष्ट भइसकेका छन् । तर प्रहरीसँग एउटा प्रमाण मात्र रहेको छ […]