नेपालगञ्जबाट गएका युवक सल्यानमा पेस्तोलसहित पक्राउ

सदरलाइन संवाददाता १६ भाद्र २०७८, बुधबार १६:१८
 

नेपालगञ्ज : सल्यानमा भारतीय नम्बर प्लेटको बाइकमा प्रहरी चेक पोईन्टमा नरोकि भागेका एक युवक कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित पक्राउ परेका छन् । भारतीय सी एच ०१ बी पी २१९४ नम्बरको मोटसाइकलमा सवार जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षीय गणेश रावल सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ सल्ली स्थित प्रहरी चेक पोईन्टमा नरोकी भागेका थिए ।

शंकास्पदरूपमा उनी भागेपछि ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाटबाट मोटरसाईकलमा खटिएको प्रहरी टोलीले माथिल्लो सल्ली बजारबाट उनलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


रावल बुधवार विहान नेपालगञ्ज हुँदै जाजरकोट तर्फ जाँदै गरेका थिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा हालसम्म २४ हजार एन्टिजेन परीक्षण

१६ भाद्र २०७८, बुधबार १६:१८
नेपालगञ्ज : नेपाल–भारतसीमा नाका जमुनाहामा रहेको हेल्थडेस्कले दोस्रो लहरको भाइरस संक्रमण शुरु भएदेखि हालसम्म २४ हजारबढीको एन्टिजेन परीक्षण गरेको छ । भारतबाट नेपाल फर्किएका मध्ये शंकास्पद २४ हजार ३ सय ७९ जनाको एन्टिजेन परीक्षण गरिएको जमुनाह हेल्थडेस्कका प्रमुख रामबहादुर शाहीले बताए । चैत महिनादेखि भदौ १६ गतेसम्म परीक्षण गरिएकामध्ये ३ […]