कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २२ भाद्र २०७८, मंगलवार १३:०१
 

नेपालगञ्ज : भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिला र दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

सल्यान ६ की ३० वर्षिया महिलाको मंगलबार बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो । लामो समयसम्म उपचार गर्दा पनि कुनै सुधार नआएपछि मङ्गलवार मृत्यु भएको वलीले बताए ।


यस्तै दाङ, शान्तिनगर १ की ५८ वर्षीया महिलाको पनि सोमबार राती मृत्यु भएको थियो । भेरी अस्पतालमा यही भदौ ४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेका अस्पतालमा आएका ४०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाँकेका मात्रै ३२९ जनाको हालसम्म मृत्यु भइसकेको छ ।

केही दिन यता संक्रमणबाट मृत्यु हुनेको संख्या घटेकोमा हाल फेरी भेरी अस्पतालमा मृत्यु हुने क्रम बढ्न थालेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार कुशे औँसी पर्व मनाईंदै

२२ भाद्र २०७८, मंगलवार १३:०१
नेपालगञ्ज : प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व मंगलवार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर […]

सम्बन्धित