२०८३ कात्तिक १६ , आइतबार
Sadarline
२०८३ कात्तिक १६ , आइतबार

थारु पत्रकार संघ बाँकेको माघि मिलन कार्यक्रम



सदरलाइनडटकम    
२७ पुस नेपालगन्ज : थारु पत्रकार संघ बाँकेको आयोजनामा थारु समुदायको महान पर्व माघीको अवसरमा नेपालगन्जमा बुधबार माघि मिलन कार्यक्रम गरिएको छ ।
थारु पत्रकार संघ बाँकेका अध्यक्ष बिमला चौधरीको अध्यक्षतामा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघले आयोजना गरेको एक महिने पत्रकारिता तालिमको समेत समापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदीले पत्रकारितामा राम्रो अवसर रहेको हुनाले पत्रकारितामा अवसर र चुनौती दुवै रहेको बताए । उनले तालिममा सिकेको कुरालाई व्यावहारमा उर्तार्दै कार्यक्षेत्रमा आउदा समय अनुकुल प्रविधिको बारेमा पनि विभिन्न खालको ज्ञान लिदै समुदायको समस्याको बारेमा वकालत गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला उपाध्यक्ष लाहुराम थारु, प्रेस चौतारीका सचिव कमल डाँगी, प्रेस युनियनका पूर्व अध्यक्ष नरेन्द्र थापा, सचिव अर्जुन ओली, पर्यटन पत्रकार संघका अध्यक्ष अमृता केसी, थारु अगुवा, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसर पारेर संघले एक महिने निशुल्क आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो । माघी मिलन तथा एक महिने आधारभुत पत्रकारिता तालिमको समापन कार्यक्रमको संचालन सचिव भगतराम थारुले गरेका थिए ।

प्रकाशित मिति : २०७३ पुस २७ गते बुधबार
ताजा समाचार