२०१९ को बिश्वकपमा नेपालको सम्भावना कति ? बाहिरिन सक्छन पाकिस्तान र वेस्ट इन्डिज

३ माघ २०७३, सोमबार १०:०६
 

विनोद अधिकारी/सदरलाइन  
३ माघ, नेपालगन्ज : सन् २०१९ मा हुने एक दिवशिय क्रिकेट विश्वकपका पूर्वविश्व चैंपियनहरु पाकिस्तान र वेस्ट इन्डिज बाहिरिने खतरा बढेको छ । इंगलैंडमा हुने सो प्रतियोगितामा आयोजकका नाताले इंगलैंडले विश्वकपको लागि टिकट बुक गरि रहेको छ । अर्थात् अब त्यस विश्वकपमा सहभगी हुनको लागि ९ टोलीको टुंगो लाग्न बाँकी छ ।

कसरि लाग्छ ९ टोलीको टुंगो ?

सन् २०१७ सेप्टेम्बर ३० तारिखका दिन एक दिबशिय बरियता क्रमका शिर्ष ७ देश सोझै छनौट हुने छन् । हाल त्यस बरियतामा पाकिस्तान ८ औ र वेस्टइन्डिज ९ औ स्थनमा छन् । हाल पाकिस्तानको ८९ अंक छ भने वेस्ट इन्डिजको ८६ अंक छ । बरियतामा हाल शिर्ष स्थानमा क्रमश अस्ट्रेलिया, साउथ अफ्रीका, भारत, न्युजिल्याण्ड, इंगलैंड, श्रीलंका, बंगलादेश , पाकिस्तान, वेस्टइन्डिज, अफगानिस्तान, जिम्बावे र आयरल्याण्ड छन् ।
पाकिस्तानले यहि हप्तादेखि हालको बिश्व च्याम्पियन अस्ट्रेलियासंग ५ एक दिबशीय शृंखला खेल्दै छ । यस शृंखलामा पाकिस्तान पराजित भएमा पाकिस्तानको बरियता झन् खस्कने छ । पाकिस्तानले २ मात्र खेल जिते पाकिस्तान र बंगलादेशको समान ९१ अंक हुन्छ तर बरियता क्रममा यथास्थनमा रहन्छ । पाकिस्तानलाई सिधै छनौट हुन डिफेन्डिंग च्याम्पियनलाई पराजित गरेर शृंखला कब्जा गर्नु पर्नेछ ।
पाकिस्तान र अस्ट्रेलियाको फर्म हेर्दा यो सम्भावना निकै कम छ । साथै वेस्ट इन्डिजले पनि सिधै छनौट हुन् निक्कै मेहनत गर्नु पर्ने  देखिन्छ । पाकिस्तान भन्दा तल रहेको वेस्ट इन्डिजले सन् २०१७ सेप्टेम्बर ३० अघि १२ खेल खेल्दै छ । वेस्ट इन्डिजले इंगलैंड र पाकिस्तानसंग एक दिबशीय शृंखला खेल्ने छ । पाकिस्तानले अस्ट्रेलियासङ पराजय बेहोरेमा वेस्टइन्डिज र पाकिस्तान बिचको शृंखलाले नै छनौट निर्धारण गर्न सक्छ ।


सिधै छनौट हुन् नसके के हुन्छ ?

एक दिबशीय बरियताक्रम अनुसार सिधै छनौट हुन् नसकेका देशहरुले छनौट हुन् अन्य एसोसियट देशहरुसंग छनौट खेल खेल्नु पर्ने छ । बंगलादेशमा हुने त्यस छनौट प्रतियोगितामा १० देश सामेल हुने छन् र शिर्ष २ स्थानमा रहने टोली बिश्वकपको लागि छनौट हुने छन् । को को हुने छन् त्यस १० देश सामेल प्रतियोगितामा ?
१० देश सामेल प्रतियोगितामा एक दिबशीय बरियताक्रममा सबै भन्दा पुछारमा रहेका ४ देश रहने छन् । त्यस्तै वल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष स्थानमा रहने ४ देश पनि यस प्रतियोगितामा रहने छन् । हाल नेपालले पनि वल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ । तर शिर्ष ४ मा भने अहिले छैन । हाल नेपाल ६ अंक सहित छैठौ स्थानमा छ ।
वल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष ४ मा नपर्ने टोली डिभिजन टु मा घटुवा हुने छन् । डिभिजन टु मा घटुवा भए पनि नेपालको बिश्वकप छनौट खेल्ने सम्भावना भने कायम नै रहन्छ । किन भने बंगलादेशमा हुने छनौट चरणमा भाग लिन अन्तिम २ स्थान लिग डिभिजन टु मा शिर्ष २ स्थानमा रहने टोलीको लागि छुट्याईएको छ ।
लिग डिभिजन टु मा वल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष ४ मा नपर्ने टोली सहित वल्ड क्रिकेट लिग थ्रीमा शिर्ष २ स्थानमा रहने टोली हुने छन् । अर्थात् क्यानडा, मलेशिया, ओमान, सिंगापुर, युगान्डा र अमेरिका सहभागी प्रतियोगिताको शिर्ष २ मा रहने टोली ।
यस प्रतियोगितामा शिर्ष २ स्थानमा रहने सके नेपाल बिश्वकप छनौट खेल्नको लागि क्वालिफाई हुने छ । तर नेपाल यी सब छनौट चरण पार गरेर बंगालदेशमा हुने बिश्वकप छनौटमा क्वालिफाई भए त्यहाँ नेपालले एक दिबशीय बरियता पाई सकेका टोलीहरु र वल्ड क्रिकेट लिग च्याम्पियनसिपका उत्कृष्ट टोलीहरु संग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जका पाँच जनालाई सेलिब्रिटी रेस्पोन्स अवार्ड

३ माघ २०७३, सोमबार १०:०६
सदरलाइनडटकम    ३ माघ, नेपालगन्ज : युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडलले कुनै बेलाको मध्यपश्चिम खेलकुदको उर्वरभूमी रहेकोमा अहिले पनि प्रतिभाहरुको सम्भावना उत्तिकै रहेको बताएका छन् । सोमबार क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस क्लब नेपालगन्जको आयोजनामा विविध क्षेत्रमा विशेष योगदान दिएका पाँच जनालाई सेलिब्रिटी रेस्पोन्स अवार्ड बितरण गर्दै […]

सम्बन्धित