फेन्सिङ : आर्मीलाई ३ स्वर्ण

२९ चैत्र २०७५, शुक्रबार १२:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन आर्मीले ३ स्वर्ण जितेको छ ।

नेपालगञ्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् ।

फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ले पराजित गरिन् । एपीएफका द्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए ।


यसैगरी महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन् । प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो भए ।

पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बने । उनले फाइनलमा आर्मीकै राजनराज खड्को चुनौती १५–११ ले पन्छाए । एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरबहादुर ऐरी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको संघीय सांसद नन्दलाल रोकायाले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा पुरुष/ महिलातर्फ व्यक्तिगत र टिममा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रदेश १, ३, ४ र ७ तथा आर्मी, प्रहरी र एपीएफका जम्मा १ सय २९ खेलाडी सहभागी छन् ।

Next Post

आठौं खेलकुदबारे मिडियासँग कार्यशाला

२९ चैत्र २०७५, शुक्रबार १२:०७
सदरलाइनडटकम, नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रवार नेपालगञ्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा पहिलो हुन लागेको खेल महोत्सवलाई सफल, मर्यादित बनाउन पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलनलगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ । कार्यशालमा […]