साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १२:२३
 

काठमाडौं : साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा शनिवार राती सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन।जितसँगै भारतले भने आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो।

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले तीन गोल गर्यो।भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक एक गोल गरे ।

भारतले खेलको ४९ औँ मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो।खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए।त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।


यससँगै नेपाल पहिलो पटक साफमा उपविजेता बनेको हो।पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो।नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको केरलामा बाढीले बगाउँदा ६ जनाको ज्यान गयो

३१ आश्विन २०७८, आईतवार १२:२३
काठमाण्डौ : भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, […]

ताजा अपडेट