बाँकेका जनप्रतिनिधिलाई कर्मचारीले ठोके दुई गोल

१६ जेष्ठ २०७५, बुधबार ०९:३५
 

सदरलाइनडटकम
१६ जेठ, नेपालगन्ज : गणतन्त्र दिवसको अवसरमा बाँकेमा जनप्रतिनिधि–११ र कर्मचारी–११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपालगन्जको प्रहरी व्यायमशालामा आयोजना गरिएको सो प्रतियोगितामा कर्मचारी–११ ले जनप्रतिनिधि–११ लाई शुन्यका बिरुद्ध २ गोल प्रहार गरी मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ ।
जनप्रतिनिधि–११ को नेतृत्व गर्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तब, नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणालगायतको टिम मैदानमा उत्रेको थियो भने कर्मचारी–११ मा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नेतृत्व गरेका थिए ।
खेल सुरु भएको १० औ मिनेटमा कर्मचारी–११ का टिम क्याप्टेन समेत रहेका प्रमुख जिल्ला अधिकारी केसीले पहिलो गोल गरी आफ्नो टिमलाई १–० ले अग्रता दिलाएका थिए भने खेलको ३८ औ मिनेटमा सोही टिमकै डिबि महतराले दोस्रो गोल गर्दै कर्मचारी–११ लाई जित दिलाएका थिए ।
जनप्रतिनिधि–११ का तर्फबाट पटक–पटक गरिएका प्रयासहरुलाई गोलमा परिणत गर्न नसक्दा २–० ले पराजय व्यहोर्नु परेको थियो । सो खेलमा रेफ्रीको भूमिकामा रविन्द्र श्रेष्ठ, अमर घले, नरेन्द्र शाह, र शंकर बुढा रहेका थिए ।

Next Post

भ्याट खारेजीका असर कस्ता हुन्छन् ?

१६ जेष्ठ २०७५, बुधबार ०९:३५
सदरलाइनडटकम १६ जेठ, नेपालगन्ज :  सरकारले विभिन्न वस्तुमा वर्षेनी दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमार्फत् सरकारले भ्याट फिर्तामा देखिएको विकृति अन्त्य गरेको हो । अर्थ मन्त्रालयका अनुसार हाल विक्रीका आधारमा भ्याट फिर्ता दिने व्यवस्थालाई बजेटको यो व्यवस्थाले खारेज गरेको […]