बैजापुरमा मध्यपश्चिम क्षेत्रीय प्रहरी परिवार महिला संघद्वारा कम्मल बितरण तथा स्वास्थ्य शिविर

२८ पुष २०७३, बिहीबार १४:४०
 

सदरलाइनडटकम   
२८ पुस, नेपालगन्ज :     मध्यपश्चिम क्षेत्रीय प्रहरी परिवार महिला संघद्वारा बाँकेको राप्तीपारी बैजापुरका अति विपन्न समुदायलाई न्यानो कम्मल बितरण गर्नुको साथै एकदिने स्वास्थ्य शिविर आयोजना गरेको छ ।  मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नयाव महानिरिक्षक माधवप्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गाविसले सिफारिस गरेका अति विपन्न समुदायका १ सय ५० जनालाई कम्मल बितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका डिआईजी नेपालले प्रहरी र नागरिक समाजका अभिन्न अंग भएको र उनीहरुको सहकार्यले मात्र समृद्ध र सभ्य समाज निर्माण हुने भएकोले प्रहरीले समुदायको दुखसुखमा सधै साथ रहने संदेश दिन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले नागरिकको सुरक्षा र उनीहरुको सहयोगकोे लागि प्रहरी सदैव तयार रहेको बताउदै प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा जस्ता कार्यक्रम सञ्चानमा ल्याएको बताए ।
संघका अध्यक्ष तारा नेपालले प्रहरी र समुदायबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले आफुहरुले सानो सहयोग गर्नका लागि बैजापुर आईपुगेको बताउदै समुदायको सहयोगबाटै प्रहरीले आफ्नो कार्यक्षेत्रमा सफलता पाउने भएकोले प्रहरी परिवार र स्थानीय समुदायको सम्बन्धलाई अझ नजिक बनाउने विश्वास व्यक्त गरिन ।
बैजापुरका अति विपन्न समुदायका १ सय ५० जनालाई कम्मल बितारण गर्दै गाविसमा एक दिने स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जका डा. निरालाको नेतृत्वमा गएको टोलीले स्वाथ्य चेकजाँच गरी आवश्यक औषधी समेत बितरण गरिएको थियो ।


कार्यक्रममा अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक धिरु बस्न्यात, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्जका समादेशक तथा प्रहरी बरिष्ठ उपरिक्षक दानसिंह बोहरा, बाँकेका प्रहरी उपरिक्षक टेकप्रसाद राईलगायतको टोली बैजापुर पुगेर स्थानीय शान्ति सुरक्षामा प्रहरीको भूमिका र उनीहरुको गुनासाहरु सुन्ने काम समेत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्सको साताव्यापी कार्यक्रम सम्पन्न साँझ साँस्कृतिक कार्यक्रम हुने (फोटो कथासमेत)

२८ पुष २०७३, बिहीबार १४:४०
सदरलाइनडटकम  २९ पुस, नेपालगन्ज : विश्वको सबैभन्दा ठूलो समाजिक र मानविय सेवामा समर्पित लायन्स क्लव अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिन साताव्यापी विभिन्न सामाजिक काम गरेर मनाईएको छ । लायन्सको स्थापना भएको सयवर्ष पुरा भएको अवसरमा स्रहशताब्दी कार्यक्रम तय गर्दै लायन्सका मल्टिपल सेन्टेनियल सेलिब्रेसन कोडिनेटर तथा लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक […]