गाभर लयन्सपार्क बनभोज खानेको लागि रोजाईको ठाँउ बन्दै

रुद्र सुवेदी २८ कार्तिक २०८१, बुधबार १८:४२
 

बैजनाथ (बाँके) :  बाँकेको बैजनाथ गाउपालिकाको गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा यतिबेला बनभोज खानेहरुको भिड लाग्ने गरेको छ ।

पार्क निर्माण भएको छोटो समयमा धेरैको मन आफुतिर तान्न सफल भएको लायन्स गाभरपार्कले स्थानीयको जीवन शैलीमा समेत परिवर्तन ल्याई दिएको छ ।

लायन्स लोकल डेभलपमेन्ट कार्यक्रम अन्तरगत २०७०–२०७१ देखि निर्माण सुरु गरिएको यो पार्क नेपाल कै १०० औं गन्तब्य भित्र पर्न सफल भएको छ । यसको शौन्दर्यकरण तथा भौतिक पूर्वाधार निर्माणमा लायन्स क्लवका पूर्व डिष्टिक गर्भनर सेमराज शाक्यको नेतृत्वमा हुँदै आएको हो ।

लायन्स गाभर पार्क निर्माण भएपछि गाभरमा घरबास समेतको व्यवस्था हुँदा स्थानीयले रोजगार प्राप्त गरी जीवन शैलीमै परिवर्तन भएको पार्क सञ्चालक समितिका सचिव तथा स्थानीय नरायण वलीको भनाई छ ।

‘पहिला सामान्य अवस्था थियो, पार्क निर्माण भएपछि स्थानीयको जीवन शैली पनि फेरियो । हामी आफै स्वरोजगार भएका छौ’– उनले भने–‘ पार्क निर्माण हुँदा के नै होला र भन्ने लागेको थियो तर, यसले धेरैको रोजीरोटी पनि जुराई दिएको छ ।’

उनले पार्कमा आजकल बनभोज खान र प्रकृतिसंग रमाउने उद्देश्यले दैनिक सरदर जसो २०–२५ समुह विभिन्न जिल्लाबाट लायन्स गाभर पार्कमा आउने गरेको बताए । उनले पार्कलाई व्यवस्थित गर्नको लागि तारवार गर्न र भौतिक पूर्वाधारमा थपगर्न आफुहरु सक्रिय भएको बताए ।


पार्क सञ्चालक समितिका सचिव वलीले पार्कका कारण गाभरका स्थानीयको जीवन शैलीमा परिवर्तन आएको बताउदै पार्कलाई व्यवस्थित बनाउनको लागि वरिपरी पर्खाल लगाउन सके निर्माण भएका संरचनाको संरक्षण र आकर्षण थपिने कुरामा जोड दिए ।

बाँके राप्तीसोनारीबाट बनभोज खान सो पार्कमा पहिलो पटक पुगेका ढकेरीका महाविर ओलीले र्पाकको सरसफाई र भौतिक संरचना बृद्धि गर्न आवश्यक रहेको बताए । उनले भने–‘ पहिलो पटक बनभोजको लागि आएको हुँ । पार्कमा खानेपानी, तथा अन्य विभिन्न सुविधाहरु जस्तै पकाउने सेड, विद्युत र खानेपानीको सैरचना थप गर्न आवश्यक रहेको छ ।’

नेपालकै १००औ गन्तब्यमा पर्न सफल लायन्स गाभर पार्कमा बनभोज खाने र प्रकृतिसंग रमाउन पाईने भएको कारण आफुहरुको रोजाईको गन्तब्य भएको बाँके कोहलपुरकी कल्पना काफ्लेले बताईन । उनले पार्कको सौदर्यकरण र सरसफाईमा ध्यान दिन आवश्यक रहेको औल्याईन ।

उनले भनिन–‘ पार्कमा घाँसे मैदान सफा गरि फूल तथा विभिन्न थरिका विरुवा रोप्न आवश्यक छ । खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । भएका पूर्वाधारको संरक्षण गरी थप संरचना निर्माण गर्न आवश्यक छ ।’

सो पार्कमा बाँकेबाट मात्र नभई बनभोजका लागि छिमेकी जिल्ला बर्दिया, दाङ्ग, सुर्खेतबाट आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको सो पार्कमा लायन्स क्लवले विभिन्न संरचना थप गर्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैकुण्ठधाम आध्यात्मिक महोत्सवको छैटौं दिन २० लाख बढी संकलन

२८ कार्तिक २०८१, बुधबार १८:४२
नेपालगञ्ज :  नेपालगञ्जको रामलिला मैदानमा जारी प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा छैठौ दिन २० लाखबढी संकलन भएको छ । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान […]