रोल्पामा कांग्रेस–एमाले र माओवादी–समाजवादी गठबन्धन बीच झडप

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १६:०६
 

रोल्पा : रोल्पामा कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धन वीच झडप भएको छ । झडपमा परि माडी गाउँपालिका वडा नं. ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन ।

माडी गाउँपालिका वडा नं. ३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो ।

वडाध्यक्षका उमेदवार डाँगीमाथि एकाएक आक्रमण भएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए । ‘टाउकामा चोट लागेका घाइते डाँगीलाई थप उपचारका लागी नेपालगञ्ज पठाएको छौं,’ घर्तीमगरले भने ।


तर माओवादी–एकीकृतसमाजवादी गठबन्धनले आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको बताएको छ ।

‘सुरुमा उनीहरुले हामी माथि आक्रमण गरेपछि घटना घटेको हो’, नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले भने, ‘हाम्रो तर्फका ५ जना साथीहरु घाईते भएका छन् ।’

प्रहरीले भने घटना सामान्य भएको वताएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए

‘घाईतेहरुको अवस्था पनि सामान्य छ’, घिमिरेले भने, ‘द्धटना भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर घटनालाई सामान्यीकरण गरिसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धनका उम्मेदवार विष्ट र राईले अन्जनीमाता रसोईमा खानाखाँदै आफु जिते मासिक १ लाख दिने प्रतिवद्धता गरे

२२ बैशाख २०७९, बिहीबार १६:०६
नेपालगञ्ज :  नेपालगञ्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । यो रसोई नेपालगञ्ज उपमहानगरको आर्थिक सहयोगबाट सञ्चालित हो । रसोईमा विहिबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुग्दा उनीहरुले […]

सम्बन्धित

ताजा अपडेट