सदरलाइनडटकम
२८ पुस, मलेसिया : नेपाली बौद्ध धर्मावलम्बीहरुको महान पर्व ल्होसार र साथै चाइनिज नयाँ वर्षको अवसर पारेर यहीँ जनवरी २९ तारिख मलेसियमा मेरी बस्सै भेरी गंगा सांस्कृतिक धमाका २०१७ भब्य रुपमा हुने भएको छ ।
मलेसियामा नै रहेर बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका नेपालीहरुको समुहले कार्यक्रम मेरी बास्सै भेरी गंगा सांस्कृतिक धमाका आयोजना गर्न लागेका हुन ।
कार्यक्रममा पछिल्लो समयका चर्चित लोक गायक पुष्कल शर्माको जोडदार प्रस्तुति रहने छ भने साथमा मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरुको धमाकेदार प्रस्तुती रहने आयोजक युनिटले बताएका छन् ।
मेरी बास्सै भेरी गंगा सांस्कृतिक धमाका मलेसिया स्थित किताराए कम्प्लेशमा २९ जनवरी समय बिहान ११ बजेबाट सन्चालन हुने आयोजक समितिले बताएको छ । दिनेश खड्का खप्तडीको सहयोगमा ।
