तिंकर नाका खोल्न सरकार उदासिन भएको दार्चुला बासिको आरोप

२८ पुष २०७३, बिहीबार १२:२७
 

सदरलाइनडटकम  
२८ पुस, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सांसद गणेशसिँह ठगुन्नाले दार्चुला जिल्लामा पर्ने तिंकर नाका तत्काल खोल्ने सरकारसँग माग गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद ठगुन्नाले तिंकर नाका खोल्ने काममा ढिलासुस्ति भैरहेको बताउँदै भने,‘दार्चुलाको बिकासको काममा सरकारले बेवास्ता गरेको छ।’
उनले चिनिया पक्ष तिंकर नाका खोल्नको लागि सकारात्मक रहेको भएपनि नेपाल सरकाले यस बिषयका बारेमा तदारुकता नदेखाएको आरोप लगाए। उनले अघि थपे,‘कैलाश पर्वतमा हिन्दुहरूको महत्वपुर्ण तिर्थस्थल हो, जहाँ बर्षमा ५ लाख बढि भत्तालुहरूले दर्शन गर्नसक्छन्, अर्कोतर्फ आफुनै गाउँवस्तीमा जान पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने अर्को बाध्यता छ, मैले संसदमा १० पटक यसका बारेमा आवाज उठाएको छु तर सुनवाई भएको छैन्।’
ब्यास गाउँ समितिका बासिन्दासँगै राजधानीसम्म आएका नेपाली काँग्रेस जिल्ला सभापति ललितसिँह बोहराले ब्यास गाविसका जनता बर्दि बिनाका प्रहरी भएको दावि गरे। उनले भने,‘छ महिनासम्म राज्यको कुनैपनि निकाए त्यहाँ जाँदैन,भारत र चिनले आफ्नो सुरक्षा कर्मी राखेको छ, आफ्नो भूमिको रक्षा गरेको छ, लिपुलेख हाम्रो भन्ने स्थिति कसरी आयो ? यो दुःखको बिषय हो, ब्यासका जनताको मात्रै माग होईन यो राष्ट्रिय मुद्धा हो सबैले यस बिषयमा गम्भिर बन्नुपर्छ।’
त्यस्तै उद्योग बाणिज्य संघ दार्चलाका उपाध्यक्ष ग्याल्बु सिंहले देशमा कालापानी र लिपु लेकको नाममा राजनीति गर्नेहरूको संख्या धेरै रहेको आरोप लगाए । उनले भने,‘एक्काईसौँ शताब्दीमा पनि आफ्नै बस्तिमा जानको लागि अरुको भूमि प्रयोग गर्नुपर्छ, भारतीय प्रहरीको अत्याचारको शिकार बन्नुपरेको छ।’
कार्यक्रममा नगेन्द्र तिंकरीले सरकार कुम्भ कर्णको निद्रामा सुतेको आरोप लगाउँदै यस बिषयलाई सञ्चारकर्मीले राष्ट्रिय बहसको रुपमा उठाउनुपर्ने माँग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिकाको २५ औं नगरपरिषद

२८ पुष २०७३, बिहीबार १२:२७
सदरलाइनडटकम  २८ पुस, नेपालगन्ज : पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नं. २ का संसद दिनेश चन्द्र यादवले स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आए मात्र स्थानीय तहमा विकासले फड्को मार्ने बताएका छन् । बिहीबार नेपालगन्ज उप–महानगरपालिकाको २५ औं नगरपरिषदको उद्दघाटन गर्दै उनले सो कुरा बताएका हुन । […]