थारु कल्याणकारिणीको माघ मिलन कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता २९ पुष २०७८, बिहीबार १५:२५
 

नेपालगञ्ज : थारु कल्याणकारिणी सभा नगरसभा नेपालगञ्जले बिहीवार माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको महान पर्ब माघीका अबसरमा माघ मिलन कार्यक्रम गरिएको हो ।

थारु कल्याणकारिणी सभा नगरसभा नेपालगञ्जकी अध्यक्ष बासमति थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना अदान प्रदान तथा थारु संस्कृति झल्काउने, भेषभुषासहितको नाचगान गरिएको थारुले बताइन् । कार्यक्रममा थारु मौलिक परिकारले अतिथिहरुको स्वागत गरिएको उनले बताइन् ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी थारु आयोगका सदस्य सुबोध सिँह थारु, थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुलगायतको उपस्थिती रहेको थियो । थारु कल्याणकारिणी सभा नगरसभा नेपालगञ्जको मुख्य आयोजना र थारु पत्रकार संघ बाँके, थारु कर्मचारी संघ बाँके, थारु महिला सभा बाँके र थारु महिला बिकास केन्द्र बाँकेलगायतको थारु समुदायसंग अबद्ध संघसंस्थाको आयोजनामा कार्यक्रम गरिएको हो ।


माघ महिना नजिकिँदै गर्दा थारु गाउँमा माघको तयारी भइरहेको छ । थारु गाउँमा माघको रमझम बढी रहेको छ । थारु समुदायको मौलिक पराम्पराको रुपमा रहेको नाचगान खानपान तथा भेषभुषालाई शहर बजारसम्म प्रदर्शन हुनुका साथै पहिचान जोगाउन यो कार्यक्रमले टेवा पुर्याउने थारु कल्याणकारिणी सभा बाँकेका सभापति बिनोद थारुले बताए ।

थारु समुदायको सबै भन्दा ठुलो पर्ब माघको रौनक बढाउन पनि माघ मिलन कार्यक्रमले सहयोग गर्ने थारुको भनाई थियो । थारु समुदायमा हराउँदै गएको पराम्परागत कलासंस्कृति, भेषभुषाको संरक्षण तथा सम्बर्धनमा सहयोग पुग्ने थारु कर्मचारी संघ बाँकेका अध्यक्ष जितबहादुर थारुले बताए ।

संस्कार र संस्कृतिको धनी समुदायको रुपमा चिनिने थारु समुदायको आग्रणी संस्थाको रुपमा रहेको थारु कल्याणकारिणी सभाले प्रत्येक बर्ष माघ मिलन कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न

२९ पुष २०७८, बिहीबार १५:२५
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको १० औं गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ । सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा […]

सम्बन्धित