२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

घले बने वल्र्ड च्याम्पियन



सदरलाइनडटकम  
४ माघ दुबई  : नेपाली मुलका धनवहादुर घले दुवईमा सम्पन्न कोष्टा लाते आर्ट वल्र्ड च्याम्पियन वनेका छन् । गए राति दुवईमा सम्पन्न प्रतियोगितामा विश्वका ३० प्रतिस्पर्धिलाई उछिन्दै घले विश्व च्याम्पियन वनेका हुन् ।
कफिद्वारा वनाईने उत्कृष्ट कलात्मक डिग्रंसको उक्त प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गर्दछ । घलेसंगै लगातार यो च्यापियनसिपमा नेपाली कफी मेकरले हेट्रिक पुरा गरेका छन् ।
यसअघि पनि नेपाली मुल कै प्रतिस्पर्धी लगातार च्याम्पियन वन्दै आएका थिए । दार्जलिङ्ग घर भई हाल दुवईमा कार्यरत घलेले विजेता भएसंगै नगद सहित प्रमाण पत्र हात पारे । कोष्टा युकेको कफी व्रान्ड हो, जसले विश्वका झन्डै ३० राष्टमा आफ्ना व्रान्च सन्चालन गरेको छ ।

प्रकाशित मिति : २०७३ माघ ४ गते मंगलबार
ताजा समाचार