थारु भाषाका पाँच साहित्यकार सम्मानित

४ पुष २०७३, सोमबार ०४:३८
 

सदरलाइनडटकम, 
४ पुस, बर्दिया : जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिक उत्सबमा पाँचजना साहित्यकार सम्मानित भएका छन् । यसैगरि सोहि अवसरमा साहित्य र गीतबिधामा महत्वपूर्ण योगदान गरे बापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन् । सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या रहेका छन् ।
यसैगरि, कृष्णराज सर्बहारी रु २५हजार, बालिका, दर्पण र गजलकार सेभेन्द्र क्रमश १०÷१० हजार नगद राशीले पुरुस्कृत भएका छन् । पुरुस्कारको व्यवस्थापन थारु होम रिसोर्ट ठाकुरद्धाराकी सञ्चालिका बिनिता चौधरी र म्यानेजिङ्ग डाइरेक्टर तथा समाजसेबी मोहनलाल चौधरीले गरेका थिए ।
जंग्रार साहित्यिक बखेरीको अभियानसँगै भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत युनिक नेपाल, मोहनलाल चौधरी, ठाकुर रामचौधरी, सरस्वती चौधरी र देश बिदेशबाट सहयोग गर्ने ब्यक्तिलाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ ।
जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिकोत्सबको अवसरमा सम्पन्न भएको सो कार्यक्रममा बिभिन्न साँस्कृतिक नाच र साहित्यकारहरुको भब्य प्रस्तूति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद डा. गोपाल दहितले जंग्रार साहित्यिक बखेरीले सामाजिक जनचेतना स्तरको बृद्धि गरेको भन्दै थरुहटको मुद्दामा लेखन तथा अभियान बढाउनुपर्ने बताए । थारु समुदायबाट अबबिद्याबारिधी गर्नुपर्छ यसो गरेमा मात्र हामी अरुको विकास र परिवर्तनको सिको गर्न सक्छौं । यसैगरि दहितले अब छिट्टै राजापुरमा पाँचबिगाहा क्षेत्रमा थारु संग्रहालय बन्ने बताएका छन् ।
कार्यक्रममा बिशेष अतिथि रहेका समाजमा शिक्षा प्रबद्र्धनका लागि दिगो सहकार्यका अध्यक्ष मोहनलाल चौधरीले जंग्रार साहित्यिक बखेरीले थारु भाषा र साहित्यको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । यसका लागि अझै पनि निरन्तर अभ्यास गरि रहनु जरुरी छ । अर्का बिशेष अतिथि तथा युनिक नेपालका अध्यक्ष देवमान चौधरीले जंग्रार साहित्यिक बखेरीको साहित्यिक बखेरीको अभियान जोगाइ राख्न आग्रह गरे ।
कार्यक्रमको सभाध्यक्ष तथा जग्रार साहित्यिक बखेरीका केन्द्रिय अध्यक्ष सोम डेमनडौराले जंग्रार साहित्यिक बखेरीले युवा साहित्यकारको मनोबल बढाउनुको साथै थारु साहित्यका लागि अग्रणी भूमिका खेलेको दाबि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार वर्ष पुस्तकमा तथ्यकुरा छुटाउन नहुनेमा जोड

४ पुष २०७३, सोमबार ०४:३८
सदरलाइनडटकम    ४ पुस, नेपालगन्ज : नेपाल मानव अधिकार वर्ष पुस्तकमा तथ्यगत कुरा छुटाउन नहुने सुझाव आएको छ । ईन्सेक नेपालगन्जद्वारा नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुले सो सुझाव दिएका हुन । बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ का लागि बाँके जिल्लामा सङ्कलन […]