२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

तिवारी हत्याको बिरोधमा एकघण्टा चक्काजाम



सदरलाइनडटकम  
५ पुस, नेपालगन्ज : एमाले भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरुद्ध युवासंघ नेपाल बाँकेले नेपालगन्ज र कोहलपुरमा बिरोध जनाउन एक घण्टा चक्का जाम गरेको छ ।
युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले दिएको जानकारी अनुसार घटनाको विरोध जनाउनको लागि केन्द्रको निर्देशन अनुरुप पहिलो चरणमा एकघण्टा चक्का जामको आयोजना गरिएको हो ।
युवासंघका कार्यकर्ताहरु कोहलपुरमा पूर्वपश्चिम राजमार्ग ठप्प पार्नुको साथै नेपालगन्जको पुष्पलाल चोकमा संघका बाँके अध्यक्ष थापा, केन्द्रीय सदस्य रविन्द्र लम्साल लगायतका नेताहरुको सहभागिता रहेको थियो । बन्दका कारण विभिन्न सवारीका साधनहरु ठप्प हुँदा जनजीवन प्रभावित भएको थियो

प्रकाशित मिति : २०७३ पुस ५ गते मंगलबार
ताजा समाचार