Sadarline
२०८३ असोज २७ , मंगलबार

द्वन्द्वपीडित महिलाको लागि सशक्तिकरण तालिम



सदरलाइनडटकम   unnamed
१६ मंसिर. नेपालगन्ज : स्थानीय महिला नेतृत्वका लागि लैङ्गिक कानुन, नीति तथा योजना जर्तुमा प्रक्रिया विषयक तीन दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । सो तालिममा बाँकेका विभिन्न गाविसका २६ जना द्वन्द्व प्रभावित महिलाहरुको सहभागिता रहेको थियो ।
महिला सशक्तिकरणको अवधारणा रहेका सम्बिधानका धाराहरु, स्थानीय तहमा महिलाको सहभागिता सम्बन्धी सम्बैधानिक व्यवस्था, सहभागितामुलक योजना तर्जुमाका १४ चरणहरु, लैगिक हिंसाको अवधारणा, शोषण विरुद्धको हक, लैगिक समानता कायम गर्न तथा लैगिक हिंसा अन्त्य गर्न केहि नेपाल ऐनलाई सन्सोधन गर्ने ऐन २०७२, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
निष्पक्ष, द्वन्द्व प्रभावित महिलाहरुको संगठनले आयोजना गरेको सो तालिम पछाडि पारिएका महिला संजालको नेतृत्व क्षमता विकास परियोजना अन्र्तगत आयोजना गरिएको हो ।
स्थानीय योजना तर्जुमा र विकास निर्माण, राष्ट्रिय तथा स्थानीय निर्णय प्रक्रियामा, स्थानीय निकाय परिषद –गाविस, नगरपालिका , जीविस) , स्थानीय राजनीतिक फोरम र राजनीतिक प्रक्रियामा , स्थानीय श्रोत परिचालन र बाँडफाँड निकायमा उनीहरुको अर्थपूर्ण सहभागिता र सुनिश्चित गर्न तालिमको आयोजना गरिएको निष्पक्षको बाँके फोकल पर्सन आयुष चौधरीले जानकारी दिए । परियोजनालाई आर्थिक सहयोग युएनवुमेनले गरि रहेको छ ।

प्रकाशित मिति : २०७३ मंसिर १६ गते बिहीबार
ताजा समाचार