सदरलाइनडटकम
११, मंसिर, नेपालगन्ज: नेपालगन्जमा जारी बिशाली साईकल कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेटमा होलील्याण्ड उच्च मावि र एबीसी रेसिडेन्टल बिजयी भएका छन । शनिबार विहान भएको पहिलो खेलमा होलील्याण्डले आईडियललाई ६ विकेटले पराजित गर्न सफल भयो । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको आइडियलले १५ ओभरमा ६ विकेट गुमाई १ सय ३१ रन बनाएको थियो । जसमा कलामुद्दीन खान ४६ र आकिब शेख ३९ रनको योगदान थियो । होलिल्याण्डका बलर सागर थापाले ३ बिकेट लिएका थिए ।
१ सय ३२ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको होलिल्याण्डले १२ दशमलव १ ओभरमा ४ बिकेट गुमाई १ सय ३४ रन बनाउँदै जित्न सफल भयो । खेलका म्यान अफ दी म्याच घोषित भएका होलील्याण्डका समसुद्दीन अन्सारीले अर्धशतकिय पारी खेल्दै ७१ रन बनाए । आईडियलका इशाक मियाँ र जानु कसगर क्रमस १÷१ विकेट लिए ।
त्यस्तै सम्पन्न दोश्रो खेलमा एबीसीले ब्राईट फ्युचरलाई १ सय ११ रनको विशाल अन्तरले पराजित गर्यो । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको एबीसीले १५ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । जसमा सन्देश थापाको ३१, शाहिल अन्सारीको ३० र इब्ने हुसैनको २२ रनको योगदान रहेको थियो । ब्राईटका मनिस ओली, दिपक बीसी र आशिष शाहले क्रमस २÷२ विकेट लिएका थिए ।
१ सय ६७ रनको विशाल लक्ष्य लिएर दोश्रो पारीमा मैदान छिरेको ब्राईट फ्युचर १० दशमलव ५ ओभरमा सबै विकेट गुमाई मात्र ५५ रनमा सिमित भए पछि भारी अन्तरले पराजय स्वीकार्न बाध्य भयो । ब्राईटका आशिष शाहले १३ रन बनाएका थिए । एबीसीका सुभाष तिवारी र म्यान अफ दी म्याच शुभम बी मगरले ३÷३ विकेट लिए ।
आईतबार पहिलो खेल विहान ८ बजे सगरमाथा स्कुल विरुद्ध मध्यपश्चिम र दोस्रो खेल दिउँसो १ बजे गोरखा यूनाईटेड विरुद्ध न्यु बागेश्वरी क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । रोयल क्लब नेपालगंजको आयोजना तथा बिशाली साईकलको प्रायोजनमा १० दिनसम्म संचालन हुने प्रतियोगिता नकआउट प्रणालीमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी जित्ने टीमलाई नगद १० हजार र उपबिजेतालाई ५ हजार रुपिया प्रदान गरिेने आयोजक समितिका सचिव जमील अन्सारीले जानकारी दिए ।