उद्घाटन खेलमा जिसान बांँके ब्लास्टर विजयी

३ बैशाख २०७५, सोमबार १८:०४
 

सदरलाइनडटकम
३ बैशाख, कोहलपुर (बाँके) : कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदनमा ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।
पुर्व युवा तथा खेलकुदमन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले व्याटिङ्ग र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा तेन्डी शेर्पाले बलिङ्ग तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टरका संयोजक ठाकुर गैरेले विकेट किपिङ्ग गर्दै खेलको उद्घाटन गरेका हुन ।
आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकी, टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाह तथा प्रमुख अतिथि पौडेललगायतका अतिथिहरुले खेल पुर्व केक काटेका थिए् ।
उद्धघाटन सत्रमा राखेपका सदस्य विनोद मैनाली, उपेन्दंं  पौडेल, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली, लगायत खेलकुदकर्मीहरुको उपस्थिति थियो ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेल जिसान बांँके ब्लास्टरले जितेको छ । टस जितेर जिसान बाँंके ब्लास्टरले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई व्याटिङ्गको निम्तो दिदै पहिलो फिल्डींग गर्ने निर्णय गरेको थियो
आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि सर्वाधिक रीत गौतमले अर्धशतक प्रहार गरे उनले ५० बल खेल्दै ६३ रन बनाए भने शरद खड्काले ३४ बल खेल्दै ३६ रन बनाए । त्यसै गरि प्रनित थापाले २४ रन बनाए । निर्धारित २० ओभर खेल्दै आर्शिवाद पेन्ट्स पाल्पा योद्याजले १५३ रन बनाएको थियो ।
१ सय ५४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको जिसान बाँंके ब्लास्टरका ओपनिडं ब्याट्सम्यान तथा स्वयम कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै ४२ रन बनाए । निकै राम्रो सुरुवात गरेको जिसान बांँके ब्लास्टरका लागि प्रेम तामाडंले ३७ बल खेल्दै ३२ रन बनाए भने खेलमा चम्तकारी प्रर्दशन गरेका सोनु तामाङ्गले १२ बल खेल्दै ३६ रन बनाए ।
आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २,२ विकेत आप्mनो नाममा पारे । १८.२ ओभरमा ४ विकेटको क्षतिमा जिसान बांँके ब्लास्टरले ६ विकेटले जित निकाल्यो । म्यान अफ द म्याच जिसान बांँके ब्लास्टरका सोनु तामाङ्ग बने ।  


Next Post

नेपालगन्ज उप–महानगरद्वारा सञ्चालित लोकसेवा तयारी कक्षा समापन

३ बैशाख २०७५, सोमबार १८:०४
सदरलाइनडटकम ३ बैशाख, नेपालगन्ज  : महिलालाई स्वारोजगार बनाउने तथा सरकारी सेवामा महिला सहभागिता गराउने उद्देश्यले नेपालगन्ज उप–महानगरपालिकाद्वारा सञ्चालित महिलाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा समापन गरिएको छ । अप्राविधिक खरिदार (प्रथम पत्र) पदका लागि उपमहानगरपालिकाको हलमा फागन २८ गतेदेखि सञ्चालित कक्षा औपचारिक समापन गरिएको हो । ३५ जना सहभागी कक्षामा […]