बार्दली फाउण्डेशनद्वारा प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम

११ मंसिर २०७३, शनिबार १३:३०
 

सदरलाइनडटकम unnamed-3
११ मंसिर, नेपालगन्ज : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औ जन्मजयन्तीको अवसरमा देवकोटाद्वारा रचित कविता र गीतहरुको बाद्यवादनसहितको ‘प्रत्यक्ष सांगीतमा गायन देवकोटा संगीत समागम’ कार्यक्रमको शनिबार नेपालगन्जमा भव्य प्रस्तुती गरिएको छ ।
पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले देवकोटाको फोटोमा दीप प्रजवलन गरि उद्घाटन गरेको कार्यक्रमको आयोजना बार्दली फाउण्डेसनले गरेको थियो । बार्दलीको आयोजनामा यो दोश्रो साहित्यीक श्रृंखला हो । साहित्यकार ऋचा लुइटेलले स्वागत गर्दै देवकोटाको जीवनी र उनको योगदानको विषयमा डकुमेन्ट्री प्रस्तुत गरि शुरु भएको थियो ।
कुन मन्दिरमा जान्छौ यात्री…, झिम्क न झिम्क चमचम तारा…, मान्छे खोजे घरघर मैले…, आज गाउँ गाउँ लाग्यो…, सियोको टुप्पोले मुटु बिझ्यो… लगायतका दर्जन बढी गीत गायक दिपक सल्मानी, प्रतिज्ञा भुसाल, महेन्द्र सेढाई, प्रभात सुवेदी, साबित्री अधिकारी, कविता क्षेत्री, प्रेक्षा रिमालले प्रस्तुत गरेका थिए । बार्दलीका अध्यक्ष भोजराज शर्माको प्रस्तुतीकरणमा संचालन भएको कार्यक्रमको बाद्यवादनमा मुख्य संगितकार र एरेन्जर पूर्ण थापाले किबोर्डमा, तबला र ढोलकमा भरत थापा, हारमोनियममा दिपक सल्मानी, गिटारमा शास्वत मल्लले साथ दिएका थिए ।

unnamed-6बार्दली फाउण्डेसनले देवकोटाको १ सय ८ औ जन्म जयन्तीको कार्तिक २७ गते उद्घाटन गरेको थियो । उद्घाटन पश्चात पाक्षिक रुपमा विद्याल्यहरुमा देवकोटाको जीवनी र योगदानका साथै उनी प्रति समर्पित कविताहरुको प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा प्रथम धम्बोझी उमाविका दिपक न्यौपाने, द्धृतिय विश्व प्रकाश कोइराला, तृतिय यम गिरी र सान्तवना सिंह राज रोकाया र पुजा चन्द हुनु भयो । प्रतियोगिताका विजयीहरुलाई युनाइटेड नेपाल पब्लिकेसनका क्षेत्रीय निर्देशक मुकुट ढकालले पुरस्कार वितरण गरे ।
पश्चिम नेपाल नेपाली साहित्य, संस्कृती, कला र संगीतलाई धरोहरको रुपमा आत्मासाथ गर्दै यीनको संरक्षण र संबद्र्धनको प्रयासका लागि बार्दली फाउण्डेसन अग्रसर भएको छ । जस अन्तर्गत पहिलो बार्दली श्रृंखलामा मदन पुरस्कार विजेता अमर न्यौपानेलाई प्रस्तुत गरेको थियो ।


unnamed-1 unnamed-2  unnamed-4 unnamed-5  unnamed-7 unnamed-8

unnamed-9

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जब पत्रिकामा आफैलाई श्रद्धाञ्जली दिएको देखिन्छ...

११ मंसिर २०७३, शनिबार १३:३०
विहानको समय, पत्रिका हेर्छु ‘मनमनै सोच्छु, सधैं यस्तै न्यूज आउ, आन्दोलन, पक्राउ, चोरी, डकैती । राम्रो समाचारको त दिनै नहुने भयो । पत्रिका पल्टाउदै जाँदा एउटा पेजमा मेरा आँखाहरु टक्क अडिन्छन् । कस्तो मेरो जस्तै तस्बिर १ ठ्याक्कै अनुहार त मसंगै मिल्ने रहेछ १ नियालेर हेर्छु, मै पो रहेछु त […]

सम्बन्धित