बैजनाथ दोश्रो उपप्रमुख कपको तयारी पुरा

सदरलाइन संवाददाता २ माघ २०८०, मंगलवार १७:३१
 

नेपालगञ्ज : बैजनाथ गाउँपालिका स्तरीय खेलकुद बिकास समितिको आयोजनामा हुने दोश्रो उप प्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

उक्त खेलकुद प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४२ विद्यालयहरु बाट १ हजार ५ सय विद्यार्थी सहभागी हुने खेलकुद बिकास समिति सदस्य नवराज रावलले जानकारी दिए ।

माघ ३ गतेदेखि ६ गतेसम्म खेलकुद सञ्चालन गरिने छ । एथलेटिक्स,भलिबल,कबड्डि र मार्सल आर्ट तर्फ कराते र ट्याक्वान्दो बिधामा खेल खेलाईने मुल आयोजक समिति संयोजक बैजनाथ खेलकुद बिकास समिति संयोजक महाबिर थारुले जानकारी दिए ।


राष्ट्रिय भलिबल प्रशिक्षक लाल बहादुर मल्ल र एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङले खेल खेलाउने आयोजक समिति उप समिति फिल्ड मार्सल संयोजक श्याम ओलीले जानकारी दिए ।

निजि तथा सामुदायिक विद्यालय गरी कुल ४२ विद्यालय सहभागी हुने छन् । सामुदायिक विद्यालय आधारभुत लाई खेलकुद प्रतियोगितामा सहभागीतामा ब्यवस्थापन खर्च बापत रु २० हजार र माध्यमिक विद्यालयलाई ब्यवस्थापन खर्च बापत रु ३५ हजार ब्यवस्थापन खर्च बापत बैजनाथ स्थानीय सरकारले विद्यालयहरुलाई प्रदान गरिने खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होमस्टेसहित पर्यटकीय स्थल बनाउँदै खजुरा

२ माघ २०८०, मंगलवार १७:३१
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीय स्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घियागाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो । किसान आन्दोलन, जनयुद्ध र २०६२/६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै पालिकाले यस […]