सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा नयाँ रङशाला निर्माणको बुधवार शिलान्यास गरिएको छ । खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले रङशालाको शिलान्यास गरे । प्रदेश सरकार र खजुरा गाउँपालिकाको सहयोगमा रङशाला निर्माण शुुरु भएको खजुरा गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले बताए ।
आदर्श आधारभुत विद्यालय डिगाउँको खेल मैदानमा तीन चरणको १४६ मिटर लम्बाईको प्याराफिट फुटबल खेल र ट्रयाक सहितको अवधारणामा मिनि रङशाला निर्माण शुरु भएको हो ।
