हेण्डबल : पुरुषतर्फ गण्डकी र एपिएफ, महिलातर्फ आर्मी र एपिएफ फाईनलमा

९ बैशाख २०७६, सोमबार १३:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ अन्तरगत सोमवार विहान भएको महिला÷पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागिय टिम एपिएफ फाईनलमा प्रवेश गरेका छन् । यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफले फाईनलसम्मको यात्रा तय गरेका छन ।
पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश ले प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले पराजित गर्दैै फाईनलमा आफुलाई सुरक्षित गरेको हो ।
सोही मैदानमा भएको दोस्रो खेलमा विभागिय टिम एपिएफले त्रिभुवन आर्मी क्लवलाई ३२–२६ गोलले किनारा लगायो । तेस्रो स्थानको लागि प्रदेश ३ र आर्मीबीच मंगलबार बिहान र गण्डकी र एपिएफबीचको फाईनल खेल साँझ हुने नेपाल हेण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिए ।
यसैगरी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा सोमबार सेमीफाईनलका खेल सकिएका छन् । विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफ विजयी हुँदैै फाईनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै फाईनलमा प्रवेश ग¥यो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको विभागिय टिम एपिएफले गण्डकी प्रदेशलाई २२–४ गोल अन्तरले पाखा लगाउदै फाईनलमा प्रवेश गरेको हो ।
हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालका अनुसार, मंगलबार दिउँसो तेस्रो स्थानको लागि गण्डकी प्रदेश र प्रदेश १ भिड्ने छन् भने फाईनल खेलमा आर्मी र एपिएफ भिड्ने छन् । यसैबीच हेण्डबल संघका अध्यक्ष गुरुङ्गले हेण्डबलको फानल खेल हेर्नको लागि सबै खेल प्रेमीलाई नेपालगञ्ज रंगशाला परिशरमा मंगलबार साँझ उपस्थितिको लागि आग्रह गरेका छन् ।

Next Post

भलिबलमा विभागीय टिमकै अग्रता

९ बैशाख २०७६, सोमबार १३:१४
सदरलाइनडटकम, खजुरा (बाँके) : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लव पुरुष भलिबल सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ’ख’ को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका हुन् । […]