संविधान संशोधन नभए हालसम्म प्राप्त उपलब्धी गुम्न सक्छन्–मन्त्री शर्मा

११ मंसिर २०७३, शनिबार ०५:३७
 

सिराज खान/सदरलाइन,


urja११ मंसिर नेपालगन्ज : उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले संविधान कार्यान्वयनका लागि संविधान संशोधन अनिवार्य भएको बताएका छन् । संविधान संशोधन नगरिए जनयुुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका बिभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु गुुम्ने आशंका ब्यक्त गर्दै उनले संविधान संशोधनको विकल्प नरहेको प्रष्ट पारे ।
प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उर्जा मन्त्री शर्माले संविधानको संशोधनले राष्टियता झन बलियो हुने र तराई मधेश पहाड र हिमालमा बस्ने सबै नेपालीले अपनत्व ग्रहण गर्ने बताए ।
तराई मधेश लगायतका स्थानमा देखिएका जनताका असन्तुष्टिलाई संशोधन मार्फत संविधानमा समेटेर संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकारको गठबन्धन बनेको जनाउँदै नेकपा माओवादी केन्द्रका शक्तिशाली नेता समेत रहेका शर्माले सरकारले सोही दिसामा काम गरिरहेको बताए ।
सरकारले बिभन्न दलहरुको छलफलबाट संशोधन प्रस्ताव तयार गरेको जनाउँदै उनले अझैपनि सो बारेमा सर्वसम्मती कायम गर्न दलहरुसंग छलफल भैरहेको दावी गरे । उनले दुई तिहाई बहुमतले संसंोधन प्रस्ताव पारित हुने देशमा निर्वाचन गर्ने वातावरण बन्ने बिश्वास गर्दै अहिले संसोधनको बिरोध गरिरहेका एमाले लगायतका दलहरु पनि पछि सहमतिमा आउने बताए ।
देशलाई निकास दिनका लागि सरकारले तयार पारेको संसोधन प्रस्तावको बिरोध गर्नेहरुले समस्या समाधान नहोस भन्ने चाहेको देखिएको पनि उनले बताए ।
एक प्रश्नको जवाफमा मन्त्री शर्माले देशभरीको बिद्युत समस्या समाधान गर्दै समग्र नेपाललाई लोडशेडिंग मुक्त बनाउने अभियानमा सरकार तिव्र गतिमा लागेको जनाउँदै एक बर्षभित्र नेपाललाई नै लोडशेडिंग मुक्त बनाउने योजना रहेको सुनाए । उर्जा मन्त्रालयले तयार गरेको ३७ बुंदे कार्ययोजनामा ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नारालाई अगाडी सारेर अधुरा रहेको धेरै बिद्युत आयोजनाहरु निर्माण गर्ने र बिद्युत संकट हटाउने कुरा सरकारको पहिलो प्राथमिकतामा परेको उनले खुलासा गरे ।
भारतबाट आइरहेको बिद्युतलाई थपेर होस वा राष्टिय प्रसारण लाईनबाट थप बिद्युत लिएर होस बाँकेलाई आगामी दिनमा बिद्युतको समस्या हुननदिने प्रतिबद्धता उनले पुनः दोहोरयाए । उत्तरगंगा, नौमुले, नरसिंहगाड र शारदा जस्ता बिद्युत आयोजनाहरुलाई तिव्रगतिमा निर्माण गरेर सधैंका लागि यस क्षेत्रको बिद्युत समस्या समाधान गर्ने सरकारी योजना सफल पार्न नेपाली जनताले शेयर लिएर लगानी गर्न सो अवसरमा मन्त्री शर्माले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्सद्वारा सार्वजनिक सवारीका चालकको निशुल्क आँखा जाँच

११ मंसिर २०७३, शनिबार ०५:३७
सदरलाइनडटकम, ११ मंसिर, नेपालगन्ज : लामो तथा छोटो दुरीका सवारी चालकको लागि लक्षित गरी लायन्स क्लव अफ नेपालगन्ज मिड टाउनले निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । सो शिविरमा १ सय ३० जना सवारी चालकको आँखा जाँच गरिएको छ । सार्वजनिक सवारीका साधन दुर्घटनाबाट जोगाउन लायन्सले सवारी चालकलाई नै […]