सदरलाइनडटकम,
अछाम : अछाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा सोही ठाउँका कौशी साउद र किथ्थी साउदको मृत्यु भएको वडा नम्वर ७ का अध्यक्ष नरवहादुर साउदले जानकारी दिए ।
साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो । शुक्रवार साँझ भएको दुर्घटनामा ५ जना घाइते छन् भने विस्तृत जानकारी आउन बाँकी छ ।
