लागुऔषध मुद्दामा फरार दुई पक्राउ

सदरलाइन संवाददाता १५ असार २०७८, मंगलवार १६:४८
 

नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका २ का २८ वर्षीय किशोर विक र २३ वर्षीय नारायण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतले २०७५ साल जेठ २३ गते नारायणलाई ८ महिना १० कैद र २०७६ साल फागुन १६ किशोरलाई १० हजार जरिवानाको फैसला गरेको थियो ।


अदालतको फैसलापछि दुबैजना फरार थिए । पक्राउ परेका दुबै जनालाई मंगलवार अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना प्रभावितलाई रुम टु रिडको खाद्यान्न तथा स्वास्थ्य सामाग्री

१५ असार २०७८, मंगलवार १६:४८
कोहलपुर (बाँके) : बाँकेका कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रम अन्तरगत सो सामाग्री सहयोग गरेको हो । मगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्याल, रुम टु रिडका बरिष्ठ […]

सम्बन्धित