Sadarline
२०८३ असोज २४ , शनिबार

राष्ट्रिय बिदा विषेश सम्मान हो : मन्त्री केसी



सदरलाइनडटकम IMG_1588  
२१ कात्तिक, नेपालगन्ज :  सरकारका शहरी विकास मन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले भारतीय राष्ट्रपति नेपाल आउदा सरकारले राष्ट्रिय विदा विषेश सम्मानका लागि दिएको स्पष्ट पारेका छन् ।
कैलालीको टिकापुरमा आयोजना गरिएको माहायज्ञको उद्दघाटन कार्यक्रममा जानको लागि आईतबार बिहान नेपालगन्ज विमानस्थलमा सिमित पत्रकारसंग कुरा गर्दै भारतीय राष्ट्रपतिलाई बिषेश सम्मान दिएको प्रति कसैले पनि आश्चर्यको रुपमा लिन नहुने दावी गरे ।
उनले भने–‘१८ वर्षपछि भारतीय राष्ट्रपति नेपाल आउनु भएकोमा विषेश सम्मान स्वरुप राष्ट्रिय बिदा दिईएको हो । फेरी भारतीय राष्ट्रपति मात्र नभएर चीनका राष्ट्रपति आउँदा पनि राष्ट्रिय बिदा दिने निर्णय भएको छ ।’ उनले यो विषयलाई आश्चर्यको रुपमा लिनु र आ–आफ्नो ढंगले टिका टिप्पणी गर्नु राम्रो अभ्यास नभएको टिप्पणी गरे ।
मन्त्री केसीले लोकमान प्रकरणमा नेपाली काँग्रेस राष्ट्रिय दायित्व र जिम्मेवारी बोध गरेको पार्टी भएकोले सस्तो लोकपृयताको लागि तत्काल केही नबोल्ने तर्क अघि सार्दै भने–‘काँग्रेसले लोकमान प्रकरणमा परिपक्व निर्णय लिन्छ ।’उनले सर्वोच्च अदालतमा समेत लोकमान कार्कीको विषयमा मुद्दा छानविनमा रहेकोले नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले यो कुराको छलफलको लागि काँग्रेस संसदिय समितिलाई निर्णय लिने जिम्मेवारी समेत दिएको जानकारी दिए।
उनले संबैधानिक बाटो र प्रकृया हुँदा हुँदै सस्तो लोकपृयताको लागि प्वाक्क बोल्न नहुने तर्क अघि सार्दै भने–‘सर्वोच्च अदालतमा लोकमानको योग्यता सम्बन्धी र संसदमना महाअभियोग सम्बन्धी प्रस्ताव दार्ता भएको छ । संसदले छानविन गरी प्रतिवेदन पठाउला अनि अदालतले पनि आफ्नो फैसला सुनाउला अनि मात्र नेपाली काँग्रेसले आफ्नो धारणा राख्ने छ ।’

IMG_1587

प्रकाशित मिति : २०७३ कात्तिक २१ गते आइतबार
ताजा समाचार