२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

प्रहरी दिवसको अवसरमा प्रहरीद्वारा रक्तदान



सदरलाइनटडकम     IMG_9905
१६ असोज, नेपालगन्ज : ६१ औं प्रहरी दिवस २०७३ को अवसरमा नेपाल प्रहरीद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जमा आयोजना गरिएको सो रक्तदान कार्यक्रम रेडक्रश सोशाईटी बाँकको प्राविधिक सहयोगमा सुरु भएको हो ।
प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने विभिन्न सामाजिक क्रियाकलाप अन्तरगतको रक्तदान कार्यक्रम पनि एक भएको मध्यपश्चिम प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक माधव नेपालले जानकारी दिए ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जमा आईतबार विहान रक्तदान कार्यक्रको उद्दघाटन गर्दै उनले चाडपर्वको बेलामा अस्पतालमा उपचारको लागि आउने विरामीलाई रगतको अभाव हुन नदिने उद्देश्यले प्रहरीले आफ्ना सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
उनले भने–‘ पर्वको बेलामा विभिन्न अस्पतालहरुमा उपचारको लागि आउने विरामीले रगतको अभावमा उपचारमा बाधा नपरोस भन्दै प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।’
मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जना विभिन्न दर्जाका प्रहरी अधिकारी तथा जवानले रक्तदान गरेका छन ।

IMG_9921

प्रकाशित मिति : २०७३ असोज १६ गते आइतबार
ताजा समाचार