दशैंको मुखमा बाँकेमा हत्याको श्रृखंला, शान्ति सुरक्षाको लागि तरुणदलको आग्रह

२२ आश्विन २०७३, शनिबार १३:१७
 

सदरलाइनडटकम,  unnamed
२२ असोज, नेपालगन्ज : सुरक्षाको दृष्टिकोणले संवेदनशिल मानिने बाँके जिल्लामा चाडपर्व नजिकिंदै जाँदा २ जनाको हत्या भएको छ । बाँकेको नौवस्ता–७ सुतैंयामा एक युवकको हत्या गरी माटोमा गाडिएको अवस्थामा शव फेला परेको छ भने कम्दीमा एक महिलाको हत्या गरेर फालिएको अवस्थामा छ ।
माथिका दुई घटनाका विषयमा नेपाल तरुण दल नेपालगन्ज नगर कमिटीले घोर भत्र्सना गर्दै घटनाको दोषिलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ । तरुणदल नगरकमिटीको टोलीले मृतकका परिवारजनहरुलाई शनिबार भेट गरेको छ । नगर सभापति सन्दिपजगं शाह नेतृत्वको टोलिले प्रहरीसँग दोषि पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।
मृतक शान्ति बुढाको शनिबार दाह संस्कार भएको छ । दाह संस्कार स्थलमा पुगेका नेपाल तरुण दल नेपालगन्ज नगर कमिटीले पीडितहरुलाई न्याय दिलाउन आँफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कम्दी ६ मलैपुरमा रहेको अरहर बारीमा कम्दी ९ छग्रहवाकी शान्ति बुढाको हत्या गरिएको अवस्थामा गत बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए ।
औषधी किन्न भनेर घरबाट बुधबार साँझ निस्किएकी शान्तिको बिहिबार बिहान साढे १० बजेतिर अडहर बारीभित्र हत्या गरी नाङगो अवस्थामा फालिएको पाइएपछि प्रहरीले बलात्कार गरेर हत्या गरेको आशंका गरेको छ ।
एसपी राइले बलात्कार गरेको हो की होइन भनेर मेडिकल रिपोर्ट आएपछि मात्र थाहा हुने बताए । सुरुवालले घाँटी र खुटा बाँधेर हत्या गरिएको जस्तो देखिने प्रहरीले जनाएको छ । हत्या संग्लन भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । शान्तिका २ छोरीहरु रहेका छन् । शव फेला परेको स्थान २ सय मिटर वरपर कुनै वस्ती छैन ।
त्यसैगरी असोज १७ सुतैंयाकै गाउँमा भएको एउटा विवाह पार्टीमा सामान्य झगडाले नौवस्ता–७ का १७ वर्षिय सुभाष शाहीलाई छातिमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर माटोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
घटनामा संलग्न नौवस्ताकै दिनेश महत र नन्द बहादुर पुन फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । सामान्य झगडाको विषयमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको डिएसपी काफ्ले बताए । घटनामा संलग्न भएको भन्दै १५ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
यसैबीच तरुणदलका टोलीले मृतक शान्तिको अन्तिम संस्कारमा सहभागि भएका छन् । घरपरिवारले दोषिलाई पत्तालगाई कडा सजाय दिनको लागि माग गरेको नगर सभापति शाहले बताए । उनले दोषिको तत्काल खोजि गरी परिवारलाई न्याय दिनको लागि आफुहरुले संबन्धित निकायलाई दवाव दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जको बागेश्वरी मन्दिरमा यो कारणले छेडिन्छ जिब्रो

२२ आश्विन २०७३, शनिबार १३:१७
  सदरलाइनडटकम, २२ असोज, नेपालगन्ज : नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीहरुले यक्ष र मोक्ष पाउने आशामा बडादशैको नवमी र चैतेदशै रामनवमीको अवसरमा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा वर्षौदेखि चलि आएको छ । यो वर्ष पनि सयौ हिन्दू धर्मावलम्बीले बागेश्वरी मन्दीरमा जिब्रो छेड्नको लागि नवमीको दिन बागेश्वरी मन्दीरमा आउने गर्छन […]