नेपालगन्जको बागेश्वरी मन्दिरमा यो कारणले छेडिन्छ जिब्रो

२२ आश्विन २०७३, शनिबार १३:२६
 

 unnamed (1)

सदरलाइनडटकम,
२२ असोज, नेपालगन्ज : नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीहरुले यक्ष र मोक्ष पाउने आशामा बडादशैको नवमी र चैतेदशै रामनवमीको अवसरमा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा वर्षौदेखि चलि आएको छ । यो वर्ष पनि सयौ हिन्दू धर्मावलम्बीले बागेश्वरी मन्दीरमा जिब्रो छेड्नको लागि नवमीको दिन बागेश्वरी मन्दीरमा आउने गर्छन ।
दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको बागेश्वरी मन्दीरका मुल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए । उनले भने–‘सामाजिक भलो हुने तथा सकारात्मक कुराहरु मात्र पुरा हुने तर, अरुलाई हानी हुने खालका भाकल भने पुरा हुनै सक्दैनन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेहरुको भिड रहन्छ ।’
उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे बताए ।
उनले भने–‘वडादशैंमा भन्दा पनि चैतेदशै अर्थात रामनवमीका दिन जिब्रो छेड्नेहरुको संख्या बढी हुन्छ ।’ हिन्दू धर्मावलम्बीहरुले नेपालगन्जको बागेश्वरी मन्दिरमा दशै र चैतै दशै दुबैमा बक्यकी देवि बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाईने दावि छ ।
हातमा त्रिशुल लिएर थरथरी काँपी रहेका बर्दिया बेलवाका ७४ वर्षिय तेजराम महावत (मंगता) ले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरे । उनले आफु सानै उमेरदेखि निरन्तर दशैको रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए । उनले भने–‘म सानै छँदा बुवा र काकासंग मन्दीरमा आएको थिए उहाँहरुले छेडेको देखेर मलाई पनि छेड्नको लागि शररीमा देविको प्रवेश भयोे त्यतिबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु ।’
उनका साथमा रहेका बर्दियाका गेदवका ६० वर्षिय लक्षुराम मगन्ता र बर्दिया भकारीका ७० वर्षिय शनिने महावत मगन्ताले आफ्नो भाकल पुरा भएको भन्दै जिब्रो छेडेर मन्दीर परिक्रमा गर्दै बागेश्वरी देविको दर्शन गरेका छन् । उनीहरु सबैले आफ्नो जीवनकालको यो उमेरसम्म आईपुग्दा सयौपटक जिब्रो छेडेकोको बताए । तीनै जनाले एकै स्वरमा भने–‘देविले आर्शिबाद दिएमा एकै दिनमा ४०–५० पटकसम्म छेडेर देविको दर्शन गर्ने गरेका छौ ।’ मन्दीरमा आउने सबैले जिब्रो छेड्छु भन्दैमा छेड्न नसक्ने तर, देवि प्रवेश गरेमा छेड्दिन भनेर पनि नहुने उनीहरुको भनाई छ ।


unnamed (2)
बाँके खजुराका ६५ वर्षिय विष्णु मगन्ताले ५० पटक, बर्दिया पद्नाहका ५२ वर्षिय भुलन पत्थरकट्टाले ३५ पटक र उनकै छोेरा दिलु पत्थरकट्टाले पहिलो पटक जिब्रो छेडेका छन् । नवमीमा निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।
नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनि सकेको छ । खासगरी अवधी र केहि थारु समूदायका व्यक्तिहरुले वडा दशै र रामनवमिमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षहुने यशमोक्ष पाईने धार्मिक कथन अनुसार सानैदेखि आफूले जिब्रो छेड्न थालेको बर्दिया मोतिपुरका ६५ वर्षिय जग्गु थारुले बताए ।
उनले १६ वर्षको उमेरदेखि दशै र चैते दशैमा निराहर ब्रत बसे पनि गत चारवर्षदेखि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्न थालेको बताए । मोतिपुरकै ६० बर्षिय रोदाही थारु, ५० वर्षिय लखिराम चौधरी, ३८ वर्षिया फिरु चौधरीले आफ्नो घरमा दुख विमार नलागोस भन्दै पहिलो पटक निराहार ब्रत बसेर जिब्रो छेडेका छन् ।
जिब्रो छेड्नेहरु हरेक वर्ष आफनो घर परिवारको सुःख, शान्ति, स्वस्थ्यको साथै धन आर्जन गर्नको लागि विशेष भाकल गर्ने र सो भाकल पुरा गर्न दशै सुरु हुने दिनदेखि निराहर ब्रत बसेर नवमिको दिन पाँँच पटकसम्म जिब्रो छेड्ने गर्छन् । अचम्म यो छ उनीहरुले जिब्रो छेड्दा रगत देखिदैन । उनीहरुले छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने गर्छन यसले ईन्फेक्सन नहुने विश्वास छ धार्मिक परम्परा अनुसार बगेश्वरी मंदिरमा पुजापाठ गर्नेहरुको भिडभाड निकै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यो दशैमा बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो (फोटोकथा सहित)

२२ आश्विन २०७३, शनिबार १३:२६
सदरलाइनडटकम           २४ असोज, नेपालगन्ज : वाक्य की देवि बागेश्वरीलाई खुसी पार्दै यक्ष र मोक्ष पाउने आशमा नेपालगन्जको बागेश्वरी मन्दीरमा नवमीको दिनमा जिब्रो छेड्ने परम्परा चलि आएको छ । नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू समुदायले यक्ष र मोक्ष पाउने आशामा बडादशैको नवमी र चैतेदशै रामनवमीको अवसरमा जिब्रो छेडेर देवीको दर्शन गर्ने […]

सम्बन्धित