मन्टेश्वरी शिक्षाको पाठ्यक्रमका बारेमा छलफल

२४ चैत्र २०७५, आईतवार २२:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बलबालिकामा शिक्षाको बलियो जग बसाउनको लागि सबै भन्दा तल्लो तहदेखि नै अभिभावकले ध्यान पुराउनु पर्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।
म्याक्सवेल बुक्स एण्ड स्टेशनरी नेपालगन्ज र मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरको आयोजनामा मन्टेश्वरी पाठ्यक्रम तथा वाताबरणको लागि एकदिने सेमिनारका सहभागिले सो कुरा औल्याएका हुन ।
सो अवसरमा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरले बैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै बालबालिकाको शैक्षिक जग बलियो बनाउनको लागि मन्टेश्वरी शिक्षा प्रणाली एक हुनसक्ने बताईन ।
उनले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि उप–महानगरले विभिन्न गतिविधि गर्दै सरोकारवाला निकाय र अभिभावकसंग परामर्श सुरु गरेको जानकारी दिईन । उप–महानगरले कक्षा १२ सम्मको विद्यालय स्वीकृत गर्ने र सञ्चालन गर्नसक्ने मौजुदा कानूनले अधिकार प्रत्यायोजित गरेको स्मरण गराउदै शिक्षाको अवस्था उकास्नको लागि पहल गर्ने बताईन ।
मन्टेश्वरी शिक्षामा लामो समयदेखि क्रियाशिल रहेकी मन्टेश्वरी विज्ञ पवित्रा लिम्बुले अभिभावकले आफ्ना सन्ततिको शैक्षिक जग बलियो बनाउनको लागि घर बनाउदा जसरी जगलाई बलियो बनाउने गरिन्छ त्यसरी नै शिक्षाको जग मन्टेश्वरी भएको कारणले यसमा ध्यान दिन आग्रह गरिन । उनले भनिन–‘अहिले सानो कक्षामा किन बढी खर्च गर्ने पछि राम्रो विद्यालय रकलेजमा पठाउला नी भन्ने सोचमा अभिभावकले आफ्ना सन्ततिको भविश्यमाथि खेलवाड गर्दै आएको पाएकी छु । जसरी घरको जग बलिया बनाउनु पर्छ त्यसरी नै विद्यालयको जग भनेको प्रिस्कुल वा मन्टेश्वरी भएकोले त्यसमा ध्यान दिन जरुरी छ ।’
उनले सबै विद्यालयमा सञ्चालनमा रहेका प्रारम्भिक कक्षा (प्रि कक्षा) मन्टेश्वरी नभएको बताउदै मन्टेश्वरी पद्धतीको आप्mनै पाठ्यक्रम, बाताबरण हुने भएको स्पस्ट पारिन ।
कार्यक्रममा चितवन, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायतका जिल्लामा मन्टेश्वरी शिक्षामा कक्षा सञ्चालन गर्दै आएका मन्टेश्वरी सञ्चालक, शिक्षिका, शिक्षक तथा प्याब्सन, एनप्याब्सन लगायत ४ सयको सहभागिता रहेको आयोजक संस्थाका मुकुट ढकालले जानकारी दिए ।

Next Post

माइती नेपालको स्थापना दिवश मनाईयो

२४ चैत्र २०७५, आईतवार २२:३५
सदरलाइनडटकम, नेपालगञ्ज : चेलीबेटी बेचविखनबिरुद्ध सक्रिय माईती नेपालले २७ औं स्थापना दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी नेपालगञ्जमा पनि मनाईएको छ । ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ स्थापना भएको माईती नेपालको स्थापना दिवशको अवसरमा जनचेतना मुलक पोष्टर, पम्पलेटहरु टास्नुका साथै सुचना एवं चेतना मुलक सन्देशहरु […]

सम्बन्धित