२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

मंसिरमा नेपालगन्ज–मनिकापुर शैक्षिक एवं धार्मिक महोत्सव हुने



सदरलाइनडटकम,   IMG_0114  
२८ असोज, नेपालगन्ज : जय जनता मावि मनिकापुर नयाँवस्ती थपुवाले कृषि र कम्प्युटर विषयको उच्च शिक्षाको कक्षा सञ्चालनको लागि आगामी मंसिर ५ देखि १२ गतेसम्म नेपालगन्ज मनिकापुर धार्मिक तथा शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ ।
ग्रामिण क्षेत्रको विद्यालयले आफ्नो शैक्षिक स्तरोन्नतीको लागि आयोजना गर्ने सो महोत्सवबाट उठेको सम्पूर्ण रकम कृषि र कम्प्युटर विषयको उच्च शिक्षा सञ्चालनको लागि खर्चिने महोत्सव आयोजक समितिका संयोजक तथा पूर्व मनिकापुर गाविस अध्यक्ष पदमबहादुर अर्यालले जानकारी दिए ।
उनले महोत्सवको उद्दघाटनको लागि राष्ट्रपतिलाई निम्त्याउने गरी तयारी अघि वढाएको जनाकारी दिदै भने–‘महोत्सवको उद्दघाटनको लागि राष्ट्रपतिलाई निम्तो गरेका छौ, केही दिनमै राष्ट्रपतिको कार्यालयबाट जानकारी आउने छ ।’ उनले महोत्सवमा प्रधानमन्त्री, शिक्षा मन्त्री र पर्यटन तथा संस्कृति मन्त्रीलाई समेत निम्त्याईने कार्यक्रम तय भएको जानकारी दिए । राँझा विमानस्थल र सुर्खेतरोडदेखि करिव ५ किलोमिटर उत्तर ग्रवेल बाटो यात्रा गरेपछि जयजनता मावि नयाँवस्ती थपुवा पुग्न सकिन्छ ।

IMG_0102
यसैबीच विद्यालयले दशै तिहार, छठ र ईस्लामिक नयाँ संवतको अवसर पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर सो महेत्सवको बारेमा समेत जनाकारी गराएको छ । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज छन्त्यालको अध्यक्षता विद्यालयका प्रअ रामबहादुर पाण्डेले स्वागत गरेको कार्यक्रममा बाँकेका राजनीतिक दल, संसद तथा विभिन्न नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बाँके क्षेत्र नं. १ का संसद देवराज भार। संसद अञ्जना चौधरी, संसद बादशाह कुर्मी, माओवादी केन्द्रका आईपी खरेल, एमालेका पदम धिताल, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, पत्रकार महासंघ बाँकेका रुद्र सुवेदी लगायतको सहभागिता रहेको थियो । सहभागि सबैले महोत्सवका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

IMG_0088IMG_0098

प्रकाशित मिति : २०७३ असोज २८ गते शुक्रबार
ताजा समाचार