२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

पूर्वराजा वीरेन्द्रको शालिक राख्न आमसभा गरिदै



सदरलाइनडटकम  IMG_8872
६ असोज, नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा पूर्व राजा स्व.वीरेन्द्र विरविक्रम शाहको शालिक पुनः स्थापना गर्नको लागि त्रिभुवन चोकमा आमसभा गरिने भएको छ । स्वर्गिय राजा वीरेन्द्रको शालिक पुनस्थापना समितिले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि शालिक पुन स्थापना गर्न तथा दवाव दिनको लागि यहि ८ गते त्रिभुवन चोकमा आमसभा गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै शालिक स्थापना समितिका अध्यक्ष भिमबहादुर शाहीले पूर्वराजा स्व.वीरेन्द्रको शालिक स्थापना गर्न निरन्तर दवाव मुलक कार्यक्रमको आयोजना गर्ने बताए । राजाको शालिक राख्न नपाउने कुनै पनि संविधानमा नखेलिएको भन्दै अध्यक्ष शाहीले भने–‘राजाको शालिक राख्दैमा राज्यको टाउँको दुखाईको विषय हुन हुँदैन ।’
जनताले स्वफुर्त रुपमा राखिएको शालिक रातारात गायव हुनु राज्यको चरम दमन भएको अध्यक्ष शाहीको भनाई छ । नेपालगन्जको ठाउँ ठाउँमा विभिन्न राजनीतिक पार्टी निकट व्यक्तित्वहरुको शालिक प्रति समितिको कुनै पनि आपत्ति नरहेको भन्दै राजा वीरेन्द्रको पनि शालिक राख्न पाउनु पर्ने जोडदार आफुहरुको माग रहेको स्पष्ट पारे

प्रकाशित मिति : २०७३ असोज ६ गते बिहीबार
ताजा समाचार