कोहलपुरमा कुषक र प्राविधिक विच छलफल

१३ आश्विन २०७३, बिहीबार १२:४८
 

सदरलाइनडटकम  images
१३ असोज, नेपालगन्ज : ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमै कृषक र प्राविधिक विच एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । व्यावसायिक कृषिलाई अंगिकरण गर्नको लागि प्रविधिको प्रयोग र ज्ञान आवश्यक हुने सो कार्यक्रमका सहभागिले औल्याए ।
कोहलपुर–१२ मसुरिखेत बाँकेका प्रगतिशिल प्राविधिक कृषक समुह लगायत पशुपालनलाई व्यावसायको रुपमा गर्ने किसानहरुको उल्लेखनिय सहभागितामा सो कार्यक्रममा पशु स्वास्थ्य सम्बन्धी प्राविधिक र कृषकको बीचमा छलफल भएको कार्यक्रममा पशु सेवाकेन्द्र कोहलपुरका प्रमुख कृष्ण कुवरले उठेका जिज्ञासाको बारेमा जानकारी दिएका थिए ।
उनले किसानका समस्याहरु, पशुमा लाग्ने विभिन्न रोगहरु थुनिलो, खोरेत, पिपिआर, चरचरे, भ्यागुते, आकस्मीक रोगहरु, बालि लागउने समय, बालि नलाग्ने कारण, भिटामिन खुवाउने समय, जुकाको औषधि खुवाउने समय र मात्रा, खनिजतत्व गोठ सुधार, आल छनोट, सिजन अनुसारका घाँसहरु लगाउने तरिका र मात्रा, पशु विमा आदि विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमका संयोजक सुशील सापकोटाको संयोजकत्वमा भएको सो कार्यक्रमको सहजिकरण गर्ने क्रममा प्राविधिक ज्ञानसेवा कार्यक्रम आवश्यकता महत्व र यसले किसानहरुलाई दिएको सेवाका बारेमा प्रष्ट पार्दै यस कार्यक्रमलाई दिगो रुपमा संचालन गर्न बृहत पहलग गरी आफु हमेसा अगाडी बढ्ने बताएका थिए ।
प्रगतिशिल प्राविधिक कृषकसमुह तथा अन्य स्थानीय पशु पालन गर्ने कृषकहरुको उल्लेखनिय सहभागिता भएको सो कार्यक्रम भेटो कुहिनर पशु स्वास्थ्य प्रालिका बजार प्रतिनिधि सन्तोष शाहले कृषकलाई आवश्यक औषधि निशुल्क सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रबादी समूहले धम्बोझीचोकमा पूर्वराजा बीरेन्द्रको शालिक राखेरै छाड्ने उद्घोष

१३ आश्विन २०७३, बिहीबार १२:४८
सदरलाइनडटकम     १३ असोज, नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा पूर्व राजा स्वर्गिय वीरेन्द्र शाहको शालिक पुन: स्थापना गर्नका लागि राष्ट्रबादी समुहले उद्घोष गरेको छ । राप्रपा नेपालको नेतृत्वमा आएको सो समुहले नेपालगन्जको वीरेन्द्रचोकमा रहेको शालिक हटउदै ईतिहास मेटाउने कार्य भएको तर्क अघि सार्दै उनीहरुले सरकार तथा प्रमुख राजनीतिक दलहरुको कडा […]