२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

शैक्षिक सामाग्री निमार्ण तथा प्रयोगबारे शिक्षकहरुको घुम्ती बैठक सम्पन्न



सदरलाइनडटकम
५ असोज, नेपालगन्ज :  नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतका विद्यालयहरुमा शिक्षण सिकाईको अभ्यासलाई प्रभावकारी बनाउन कक्षा १ का शिक्षकहरुको पाठ्यक्रममा आधारित शैक्षिक सामग्रीहरु निमार्ण तथा प्रयोग बारे छलफलका लागि घुम्ती बैठकको आयोजना गरिएको छ ।teacher baithak
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्ला शिक्षा कार्यालय बाँकेसँगको सहकार्यमा संचालन गरिरहेको सहयात्रा परियोजना अन्तर्गत १९ वटा विद्यालयका शिक्षकहरुको सहभागितामा घुम्ती बैठकको आयोजना गरिएको थियो ।
२२ जना शिक्षकहरुको सहभागिता रहेको बैठकमा धुम्बोझी उमाविको कक्षा कोठामा भएको राम्रा अभ्यास तथा सुधार गर्नैैपर्ने पक्षहरुको बारेमा अवलोकन तथा छलफल, पाठ्यक्रममा आधारित शैक्षिक सामग्री निमार्ण, निर्माणका लागि आवश्यक सीप तथा दैनिक पाठययोजना निर्माण लगायतको विषयमा छलफल गरिएको थियो ।
बैठकका सहभागिहरुले शौक्षिक सामग्रीको निर्माण तथा उचित प्रयोग, विद्यार्थी उपस्थितिको दैनिक विश्लेषण तथा दैनिक पाठ्य योजनालाई नियमित डायरीमा अभिलेखीकरण गर्न प्रतिबद्धता जनाएका छन् । बैठकमा सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले विद्यालयलाई विद्यार्थीहरुको गुणस्तरिय शिक्षाका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेकोलेले पाठ्ययोजना निर्माण गरेर शिक्षण गराउन आग्रह गरे ।
दैनिक पाठ्योजना निर्माण तथा बाल मैत्री कक्षा कोठा व्यवस्थापन तथा शिक्षण सिकाई लगायतको विषयमा जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरिक्षक खगेन्द्र मल्ल, सेभ द चिल्ड्रेनकी कार्यक्रम अधिकृत फूलकुमारी चौधरी, बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राम श्रेष्ठले सहाजिकरण गरेका थिए भने भने धम्बोझी उमाविका प्रधानाध्यापक किरण आचार्यले स्वागत गरेकी थिईन । सिराज खानको सहयोगमा

प्रकाशित मिति : २०७३ असोज ५ गते बुधबार
ताजा समाचार